बालुवाटारमा ओली पक्षका सांसदहरुको बैठक

बालुवाटारमा ओली पक्षका सांसदहरुको बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको बैठक जारी छ । बैठकमा प्रधानमन्त्री ओलीले संवोधन गरिरहेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल) भने सहभागी छैनन् । तर पूर्वमाओवादीबाट मन्त्री सहभागी भएको जनाइएको छ। लेखराज भट्ट पनि बैठकमा सहभागी छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभाका आफू निकट सांसदहरूसँग छलफल गरेका छन्। आइतबार संविधानमा हुँदै नभएको अधिकारी प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले आफू पक्षीय सांसदहरूलाई सोमबार बिहान बालुवाटारमा बोलाइ छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन्।

यसअघि बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो। उक्त बैठकमा भने ओली र उनी निकट नेताहरु उपस्थित भएनन्। नेकपाले भोली अर्थात् (मंगलबार) का लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ। उक्त बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने बताइए पनि कस्तो कारबाही गर्नेबारे खुलाइएको छैन।

ओलीइतर समूहका सांसदहरूले आइतबार नै उनीविरूद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरेका थिए। नेकपा फुटको संघारमा पुगेपछि ओलीले आफू पक्षीय सांसदहरूसँग छलफलमा जुटेका हुन्।

यसैबीच नेकपाका कार्यकार्य अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरूको भेला दिउँसो १ बजे हुँदै छ। बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भेला हुन लागेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.