संसद विघटनबारे कानुन व्यवसायीसँग छलफल गर्दै प्रचण्ड-नेपाल समूह

संसद विघटनबारे कानुन व्यवसायीसँग छलफल गर्दै प्रचण्ड-नेपाल समूह

काठमाडौं : सरकारले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु कानुन व्यवसायीहरुसँग परामर्श थालेका छन् । संसद  विघटनबारे बुझ्न शीर्ष नेताहरु कानुन व्यवसायीसँग परामर्शमा जुटेका हुन्।

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले सोमबार संविधानविद् तथा कानुन व्यवसायीसँग छलफल गरेको प्रचण्डको सचिवालयले  जनाएको  छ। नेताहरुले प्रधानमन्त्रीको उक्त कदमलाई असंवैधानिक एवं निरंकुशको संज्ञा दिएका छन्। 

सोमबार बिहान ओलीले आफू निकट सांसदहरुलाई बालुवाटार बोलाएर पछिल्ला निर्णयबारे जानकारी गराएका छन्। छलफलका क्रममा प्रधानमन्त्री ओलीले बाध्य भएर संसद विघटन गरेको बताएका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.