युरोपेली युनियनका मुलुक कोरोना खोप निर्णयको प्रतीक्षा गर्दै

युरोपेली युनियनका मुलुक कोरोना खोप निर्णयको प्रतीक्षा गर्दै

युरोपेली युनियनको औषधि नियामक निकायले फाइजर बायोएनटेकले उत्पादन गरेको खोप प्रयोग गर्ने वा नगर्ने बारेमा निर्णय गर्ने भएको छ । कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त भइसकेको अवस्थामा खोप लगाउने बारेमा युरोपेली युनियनमा छटपटी शुरु भइसकेको छ ।

आम्र्सटर्डमस्थित मुख्यालय रहेको युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले डिसेम्बर २९ अघि नै खोप लगाउन अनुमति दिने सम्भावना छ । जर्मनी र अरु युरोपेली मुलुकहरुले लगातार दबाब दिएपछि इएमएले फाइजरको खोप स्वीकृत गर्न लागेको हो ।

बेलायत र संयुक्तराज्य अमेरिकाले यसअघि नै फाइजरका खोप प्रयोगमा ल्याइसकेका छन् । यो खोप अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले विकास गरेका छन् । यस खोपलाई आपतकालीन प्रयोगका लागि अमेरिकी औषधि नियामक निकाय (एफडिए) ले अनुमति दिएको थियो ।

युरोपेली युनियनमा आबद्ध २७ मुलुकले आगामी डिसेम्बर २७ देखि खोप लगाउने तयारी गरेका छन् तर इएमएले एक वर्षका लागि शःसर्त अनुमति प्रदान गर्न लागेको युरोपेली आयोगले जनाएको छ । 

इएमएले खोप स्वीकृत गर्ने बारेमा गहन अध्ययन र परामर्श गरिरहेको जनाएको छ । इएमएका प्रमुख एमर कूकले गत साता कोभिड–१९ को खोपको मूल्याँकन गर्न आफ्नो निकायले दिनरात काम गरिरहेको बताएका छन् । उनले जनाएअनुसमर इएमएको बारेमा निर्णय सोमबार हुनेछ, तर यस मितिमा निर्णय नभए डिसेम्बर २९ मा अर्को बैठक बस्नेछ । अमेरिकी फर्मास्युटिकल्स कम्पनी मोडर्नाको खोप बारेमा भने जनवरी ६ मा निर्णय गर्ने इएमएले जनाएको छ।

फाइजर बायोएनटेकको खोप ९५ प्रतिशत प्रभावकारी रहेको प्रमाणित भइसकेको छ । यस खोपलाई माइनस ७० डिग्री सेल्सियसमा राख्नु पर्दछ र झण्डै तीन साताको अन्तरालमा दुई डोज दिनु पर्दछ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.