बाइडेनलाई दिइयो कोभिड–१९ को खोप

बाइडेनलाई दिइयो कोभिड–१९ को खोप

डेलावेयर : अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई सोमबार कोरोनाभाइरस विरुद्धको खोप दिइएको छ। बाइडेनलाई खोप दिँदा अमेरिकी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो। 

अठहत्तर वर्षीय बाइडेनलाई डेलावेयर राज्यको नेवार्कस्थित क्रिस्टियाना अस्पतालमा फाइजरको खोप दिइएको थियो। बाइडेनकी पत्नी जिल बाइडेनलाई पनि यसअघि नै खोप दिइएको थियो।

त्यस अवसरमा बाइडेनले खोप लगाउँदा कुनै चिन्ता नलिन अमेरिकी जनतासँग आग्रह गर्नु भएको थियो। हालसम्म तीन लाख १८ हजारभन्दा बढी अमेरिकीको ज्यान लिइसकेको कोरोनाभाइरस विरुद्ध खोप लगाउने अभियान अमेरिकाका विभिन्न राज्यमा जारी छ। 

उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उहाँका पतिले भने अर्को साता खोप लिने कार्यक्रम छ। 

यसैबीच, उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नीले गत साता नै खोप लिइसक्नु भएको छ। तर राष्ट्रपति डोनाल्ड ट्रम्पले खोप लिने वा नलिने बारेमा केही बताएका छैनन्। 

अमेरिकामा हाल फाइजर–बायोएनटेकले विकास गरेको खोपका अलावा मोडर्ना फर्मास्युटिकल्सले निर्माण गरेको खोप पनि प्रयोगमा ल्याइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.