पाकिस्तानी मानव अधिकारकर्मी अभियन्ता करिमा मृत भेटिइन्

पाकिस्तानी मानव अधिकारकर्मी अभियन्ता करिमा मृत भेटिइन्

इस्लामाबाद: पाकिस्तानी मानव अधिकारकर्मी तथा अभियन्ता करिमा मेहराब बलोच मृत अवस्थामा भेटिएकी छन् ।

३७ वर्षीया बलोच क्यानडाको टोरन्टोमा शरणार्थीको हैसियतमा बस्दैआएकी थिइन् । सोमबार साँझ उनको शव टोरन्टो नजिकै पानीमा भेटिएको प्रहरी र स्थानीयले जानकारी दिएका छन् । साथै उनको मृत्यु भएको पुष्टि भइसकेको छ ।

एमनेस्टी इन्टरनेश्नल र अन्य अधिकारकर्मी संगठनहरुले उनको मृत्युबारे पारदर्शी छानविन गर्न आग्रह पनि गरेका छन् । टोरन्टो प्रहरीका अनुसार यस घटनाको छानविन भइरहेको जनाएको छ । र यस घटनामा कुनै शंकास्पद तथा आपराधिक गतिविधि नभएको प्ररम्भिक अनुसन्धानबाट भन्न सकिने जनाएको छ ।

करिमा केही समयअघि वेपत्ता भएको र उनको खोजी गरिएको पनि टोरन्टो प्रहरीले जनाएको छ । यससँगै पाकिस्तानमा सक्रिय अधिकारकर्मी समूहहरुले पनि उनको मृत्युबारे छानविनका लागि आग्रह गरेका छन् ।

आदिवासी बलोची अधिकारकर्मीको रुपमा प्रतिष्ठित छवि बनाएकी करिमाले विभिन्न अधिकार संगठनको नेतृत्व गरिसकेकी थिइन् । पाकिस्तानमा छँदा उनी सरकार विरोधी रुपमा पनि चिनिएकी थिइन् । पाकिस्तानमा अधिकारको लडाइँमा सक्रिय रहेकी उनी राजनीतिक प्रतिकुलताका कारण क्यानडा पुगेकी थिइन् ।

२०१६ मा बीबीसीको १०० प्रेरणादायी र प्रभावशाली महिलाहरुको सूचीमा उनको नाम समेत समेटिएको थियो । पाकिस्तानमा ज्यान मार्ने धम्की आउन थालेपछि २०१७ मा क्यानडाले उनलाई राजनीतिक शरणार्थीको रुपमा आश्रय दिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.