अन्टार्कटिका महादेशसम्म फैलियो कोरोना संक्रमण

अन्टार्कटिका महादेशसम्म फैलियो कोरोना संक्रमण

हालसम्म कोभिड-१९ मुक्त रहिआएको अन्टार्कटिका महादेशमा पनि कोरोना भाइरस पुगेको छ। चिलेको सेनाले अन्टार्कटिका महाद्वीपस्थित आफ्नो बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्रमा ३६ जनालाई सङ्क्रमण देखिएको पुष्टि गरेको हो।

संक्रमण देखिएका ३६ मध्ये २६ जना सैनिक तथा १० जना मर्मतसम्भार गर्ने कामदार रहेको जनाइएको छ । अधिकारीहरूकाअनुसार संक्रमित सबैलाई उद्धार गरी चिले पुर्याइएको छ। बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्रका लागि सामग्री आपूर्ति गरेको सेनाको एउटा पानीजहाज चालक दलका तीन जनामा संक्रमण पुष्टि भएको केही दिनपछि पछिल्लो समाचार प्रकाशमा आएको हो।

त्यहाँ संक्रमण पुष्टि भएसँगै अब विश्वका सातवटै महादेशमा कोरोना भाइरस फैलिन पुगेको छ। सार्गेन्टो एल्डीआ नामक पानी जहाज गत २७ नोभेम्बरमा बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्र पुगेको थियो र १० डिसेम्बरमा चिले फर्केको थियो।

ताल्कावानोस्थित चिलेको सैनिक केन्द्र फर्केका चालक दलका तीनजना सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भयो। चिलेले अन्टार्कटिकामा खडा गरेका चारवटा स्थायी केन्द्रमध्ये बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्र एउटा हो जसलाई सेनाले सञ्चालन गरिआएको छ ।

कोरोना भाइरसबाट ल्याटिन अमेरिकी मुलुकमध्ये चिले छैटौँ सबैभन्दा नराम्ररी प्रभावित मुलुक हो। त्यहाँ अहिलेसम्म ५,८५,००० व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

ब्रिटिश अन्टार्कटिक सर्भेले कोरोना भाइरस महामारीलाई दिएर अनुसन्धान कार्य रोक्न लागेको गत अगस्ट महिनामा घोषणा गरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.