कोरोना भाइरस : नयाँ प्रकारको असरबारे बालबालिकामाथि अनुसन्धान

कोरोना भाइरस : नयाँ प्रकारको असरबारे बालबालिकामाथि अनुसन्धान

यूकेका वैज्ञानिकहरूले कोरोना भाइरसको नयाँ प्रकार बालबालिकाहरूमा सजिलै सर्ने गरेको भन्ने सङ्केतमाथि अनुसन्धान गरिरहेका छन्। यो सङ्केतको पुष्टि हुन गएमा यसबाट कोरोना भाइरस सङ्क्रमणमा उल्लेखनीय मात्रामा वृद्धि हुन सक्छ। बालबालिकामा कोरोना भाइरसको नयाँ प्रकारको सम्भावित असरबारे गरिएको दाबी नयाँ भाइरससम्बन्धी परामर्श दिने एउटा सरकारी समूहका सदस्यहरूबाट आएको हो।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले खोल्न सकिने अवस्था रहेमा आउँदो ज्यानवरी महिनामा विद्यालहरू खुला गर्न चाहेको सोमवार बताएका थिए। तर भाइरसको नयाँ देखिएको प्रकार बालबालिकाको स्वास्थ्यका लागि पहिलेभन्दा ठूलो खतरा होला त भन्ने विषयमा केही बताइएको छैन। सामान्यतया जहाँ पनि बालबालिकाले भाइरसलाई सहजै पचाउन सक्छन्। तर भाइरसका नयाँ प्रकार देखिएको अवस्थामा भाइरसको सङ्क्रमण फैलाउनमा बालबालिका र तिनका विद्यालयको भूमिका पहिलाभन्दा फरक हुन सक्छ।

यो भन्दा अघि देखिएका कोरो नाभाइरसका प्रकारको सङ्क्रमण वयस्कको दाँजोमा बालबालिकामा विरलै देखापरेको थियो। त्यसको एउटा कारण बालबालिकाको शरीरको कोषमा कोरोनाभाइरस प्रवेश गर्ने मार्गहरू थोरै हुने भएकाले हो भन्ने गरिएको छ। 

नर्भट्याग र इम्पीरीअल कलेज अफ लन्डनकी प्राध्यापक वेन्डी बार्क्ले भन्छिन्, कोरोना भाइरसमा देखिएको उत्परिवर्तनले बालबालिकाहरूको शरीरको कोषमा विद्यमान मार्गहरूकै प्रयोग गरेर भित्र छिर्ने अनुकूल अवसरको सिर्जना गरिरहेको जस्तो देखिएको छ।

उनी भन्छिन्, 'यस्तो अवस्थाले कोरोनाभाइरस सङ्क्रमणको जोखिमको दृष्टिले बालबालिका पनि वयस्कहरू जस्तै स्थितिमा पुग्न सक्छन्। भाइरसको यो नयाँ प्रकारका बारेमा राम्ररी बुझ्ने कार्य बिजुलीको गतिमा भइरहेको छ र अझै पनि यो विषयमा धेरै अनिश्चितताहरू कायम छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.