बेलायत र फ्रान्सबीच पारवहन सहज बनाउन सहमति

बेलायत र फ्रान्सबीच पारवहन सहज बनाउन सहमति

बेलायतमा नयाँ किसिमको कोरोना भाइरस फैलिएको भन्दै फ्रान्स र बेलायतबीच अन्तर-सीमा यात्रामाथि बेलायतले लगाएको अबरोध हटाउन दुबै देशबीच सहमति भएको छ । बेलायतको आपूर्ति व्यवस्थामै खलल पर्न लागेको अवस्थामा बेलायतले ४८ घण्टादेखि जारी अन्तर-सीमा यात्रा खुकुलो बनाउन लागिएको हो । 

बेलायतमा कोभिड-१९ को नयाँ स्वरुपमा परिणत भएको र यो कोरोनाभाइरसभन्दा बढी संक्रामक रहेको तथ्य बाहिरिसँगै अधिकाँश युरोपेली मुलुकहरुले बेलायतीहरुको यात्रा र सामान आपूर्तिमाथि रोक लगाएका थिए । 

मङ्गलबार डोभरमा सयौं मालबाहक ट्रकहरुको ताँती देखिएको थियो । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) पछिको अवस्थामा बेलायतमाथि आइपर्ने संकटको आँकलन गर्न जुझिरहेका प्रधानमन्त्री बोरिस जोन्सनमाथि पछिल्लो घटनाले थप चिन्तित बनाएको छ । 

बेलायती यातायात मन्त्री ग्रान्ट शाप्सले मङ्गलबार साँझ बेलायत र फ्रान्सबीच पारवहनको मामिलामा उत्पन्न समस्या सुल्झाउन सहमति भएको घोषणा गरेका थिए । सहमति अनुसार अति जरुरी काम परेर यात्रा गर्न चाहने व्यक्तिलाई कोभिड-१९ को परीक्षणमा नेगेटिभ हुनुपर्ने छ । 

तर, उनले दक्षिणी केन्ट काउन्टीतर्फ मालबाहक ट्रकहरु नलैजान चालकहरुलाई आग्रह गरेका छन् । 

फ्रान्सेली यातायात मन्त्री जाँ–बाप्टिस्ट जेबारीले पनि हवाई यात्रा, डुङ्गा र युरोस्टार रेल बुधबार बिहानदेखि शुरु हुने जानकारी दिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.