सिन्धुलीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु
सिन्धुली : कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट सिन्धुलीका ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। कमलामाई नगरपालिका ५ रानिखोलाका ती पुरुषको काठमाडौंस्थित केएमसी अस्पतालमा कोरोनाको उपचारका क्रममा मृत्यु भएको वडाअध्यक्ष पूर्णबहादुर खड्काले बताए।
उनी रामेछाप, दोलखा, ओखलढुंगामा सामान ढुवानी गर्ने ट्रक चालक हुन्। उनको बुधबार नै काठमाडौं स्थित पशुपतीआर्यघाटमा अन्त्यष्टि गरिएको पनि खड्काले बताए।
गाडी चलाउँदै गर्दा खोकी लागेको र चिसो लागेको ठानेर भाले काटेर झोल खाएका ती पुरुषलाई निमोनिया समेत देखिएको अस्पतालले जानकारी दिएको छ।