ओली समूहको बैठकमा बादल पुगे

ओली समूहको बैठकमा बादल पुगे

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल) सहभागी भएका छन्। हालसम्म दुवै पक्षको कुनै पनि बैठकमा सहभागी नभएका बादल बिहीबार बालुवाटार पुगेका हन्।

बिहीबार नै थापा र वामदेव गौतमले ‌ओलीसँग भेट वार्ता गरेका थिए। गौतम जाने नजाने भने अझै निश्‍चित भएको छैन। बादलसँगै उनी निकटका केन्द्रीय सदस्यहरू बालुवटारमा सहभागी भएका छन्।

दुवै पक्षले बादल र गौतमलाई तान्‍न प्रयास गरेका थिए। प्रचण्डले पनि दुवैसँग यसबीचमा पटकपटक भेटेका थिए। यसअघि लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा ओली समूहमा गइसकेका छन्। ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बस्दैछ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपा पार्टी दुई खेमामा अलग्गिएको छ। दुवै समूले छुट्टाछुट्टै बैठक गर्दै आएका छन्।बिहीबार नै प्रचण्ड र नेपाल समूहको केन्द्रीय कमिटी बैठक पनि बबरमहलमा सुरु भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.