ओली समूहको केन्द्रीय समिति बैठकमा बादलको सम्बोधन : अवसरवादीलाई तुफान बनेर पराजित गर्नुपर्छ

ओली समूहको केन्द्रीय समिति बैठकमा बादलको सम्बोधन : अवसरवादीलाई तुफान बनेर पराजित गर्नुपर्छ

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रधानमन्त्री केपी ओली समूहको केन्द्रीय समिति बैठकलाई नेता रामबहादुर थापा ‘बादल’ले सम्बोधन गरेका छन्। 

बैठकलाई सम्बोधन गर्दै गृहमन्त्रीसमेत रहेका नेता बादलले अवसरवादीलाई तुफान बनेर पराजित गर्नुपर्नेमा जोड दिए। 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहलाई प्रतिगमनकारी र अवसरवादीको संज्ञा दिँदै बादलले यस्तो बताएका हुन्। ‘हामी प्रतिगमनकारी र अवसरवादीहरूलाई आँधीबेहरी र तुफान बनेर पराजित गर्दै देशको सही ढंगले नेतृत्व गर्ने छौं’, बादलले भने। 

नेता बादलले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएकोसमेत बताएका छन्। उनले चुनावमा गएर फुटवादी र प्रतिगमनकारीलाई पराजित गर्नुपर्नेमा जोड दिए। 

‘प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ’, बादलले भने, ‘चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ।’ 

बादलले प्रचण्ड र नेपाल समूहको ध्यान क्रान्तिका उपलब्धिहरु उल्ट्याउन केन्द्रित भएको अरोपसमेत लगाएका छन्। उनले उनीहरुको दुश्मनको जालमा परेकोसमेत बताएका छन्। 

उनले पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमलाई दृढतापूर्वक अगाडि बढाउने विश्वासमेत व्यक्त गरेका छन्। 

‘उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिलाई उल्ट्याउन केन्द्रित छ। उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ’, बादलले भनेका छन्, ‘पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमहरूलाई पार्टीले दृढतापूर्वक अघि बढाउने छ।’

उनले कम्युनिस्ट आन्दोलनको एकता र मुलुकको स्थायित्वका लागि भूमिका निर्वाह गरिरहेको नेतृत्वलाई साथ दिन बैठकमा उपस्थित भएको उल्लेख गरे। 

‘कम्युनिस् आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितको पक्षमा अग्रमोर्चामा रहेर भूमिका गरिरहनुभएका नेतृत्वलाई साथ लिन म यहाँ उपस्थित भएको छु’, बादलले भनेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.