२४ घण्टामा थप ६१३ जनामा कोरोना संक्रमण, ५ को मृत्यु, ७३९ डिस्चार्ज

२४ घण्टामा थप ६१३ जनामा कोरोना संक्रमण, ५ को मृत्यु, ७३९ डिस्चार्ज

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६१३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ।  ५ हजार ५ सय १० स्वाबको पीसीआर परीक्षण गराउँदा  ६१३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यस्तै बिहीबार थप ७३९ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख  ४७ हजार ४०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९४. प्रतिशत हो।

देशभर ७ हजार ३८४ सक्रिय संक्रमितको संख्या रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ८ पुगेको मन्त्रालयले जनाएको छ। बिहीबार मात्र कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। 

यस्तै अहिले ४०० जना क्वारेन्टिन र  ७ हजार ३४८ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.