ओली समूहले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटायो

ओली समूहले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटायो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई कार्यकारी अध्यक्षबाट हटाएको छ । बिहीबार बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष दाहाललाई कार्यकारी अध्यक्ष पदबाट हटाएको हो।

यस्तै बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजक समेत तोकेको छ । त्यहाँ प्रचण्ड -नेपाल निकटका नेताहरुलाई हटाएर ओलीले आफू पक्षका नेताहरुलाई जिम्मेवारी दिइएको हो।

बैठकले जनसङ्गठन संयोजकको जिम्मेवारी  टोपबहादुर रायमाझीलाई दिएको छ। यसअघि प्रचण्ड -नेपाल पक्षको बैठकले  प्रधानमन्त्री ओलीलाई अध्यक्ष पदबाट हटाएर अर्को अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गरेको थियो।  यस्तै ओली समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता तोकेको छ।

ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रचण्ड-नेपाल नेकपा समूहले शसक्त आन्दोलन गर्ने घोषणा गरेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.