छत्रदेव गाउँपालिका भवनको शिलान्यास
सन्धिखर्क : अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको प्रशासकीय भवनको बिहीबार शिलान्यास भएको छ। न्यायीक इजलाससहित निर्माण हुन लागेको सुविधा सम्पन्न भवनको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले शिलान्यास गरेका हुन्।
गाउँपालिका-५ छत्रगञ्जको खैरेनीमा निर्माण हुन थालेको प्रशासकीय भवनको शिलान्यस गर्दै अध्यक्ष लेखनाथ पोख्रेलले गाउँपालिकालाई नेपालकै नमुना गाउँपालिका बनाउने गरी काम भइरहेको बताए।
५ करोड ३० लाख ४७ हजार ४ सय ९४ रुपैयाँमा भवन निर्माण हुन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले जानकारी दिए। उक्त भवन निर्माणको ठेक्का शिवाको भुसाल बस्नेत जेभी काठमाडौंले पाएको छ।
उक्त भवन २०७९ साल जेठ २५ गते सम्म सम्पन्न गर्ने गरी सम्झौता भएको छ। भवन निर्माण गर्न जग्गा दान गर्ने जग्गादाताहरुलाई कार्यक्रममा सम्मान गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
७