नेकपा विभाजित : कर्णाली सरकार पनि अल्पमतमा

नेकपा विभाजित : कर्णाली सरकार पनि अल्पमतमा

सुर्खेतः प्रदेश सभाका दुई सांसद प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेसँगै कर्णाली सरकार अल्पमतमा परेको छ । पूर्वमाओवादीबाट निर्वाचित नेकपाका सांसद धर्मराज रेग्मी र ठम्बर बिष्ट ओली पक्षको केन्द्रीय सदस्य बनेका छन् । योसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रदेश सभामा अल्पमतमा परेका हुन् । 

अब कर्णालीमा वर्तमान सरकार जोगाइ राख्न वा नयाँ सरकार गठन गर्न पनि काँग्रेस नै निर्णायक हुने देखिएको छ । नेकपाको विभाजनले कर्णालीमा सत्ता समिकरण बदलिने संकेत देखिएको हो । ४० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीका लागि बहुमतमा रहन २१ जना सांसदको समर्थन चाहिन्छ । प्रदेश सभामा नेकपाका ३३ जना सांसद छन् । तर सभामुखले मत दिन नपाउने भएकाले नेकपाका सांसदको संख्या ३२ छ । 

अब मुख्यमन्त्रीको पक्षमा प्रचण्ड र माधव नेपालका गरी जम्मा १९ जना सांसद छन् । मुख्यमन्त्रीलाई संसदमा बहुमतमै रहन दुईजना सांसदको अभाव भएको हो । मुख्यमन्त्रीले अब आफ्नो पद सुरक्षित गर्न काँग्रेससँग सहकार्य गर्नुपर्ने हुन्छ ।

प्रदेश सभामा कांग्रेसका ६ जना र राप्रपाका एक सांसद छन् । उनीहरुको साथ लिएर मात्र मुख्यमन्त्री शाहीले आफ्नो पद जोगाउन सक्छन् । यस्तै मुख्यमन्त्री शाहीविरुद्ध गत असोजमा नै अविश्वास प्रस्ताव दर्ता गरेको ओली पक्षले वर्तमान सरकार परिवर्तन गरेर आफ्नो नेतृत्वमा सरकार गठन गर्न चाहेमा पनि एक्लै बहुमत पुग्दैन । ओली पक्षमा सभामुखसहित सांसदको संख्या १४ जना मात्र छ । 

मुख्यमन्त्रीले सरकार जोगाइ राख्न काँग्रेससँग अनिवार्य सहकार्य गर्नुपर्ने अवस्था छ । यस्तै अब ओली समूहले पनि काँग्रेस र राप्रपाको साथ पाएमा मात्र बहुमत जुटाएर सरकारको नेतृत्व गर्न सक्छ । कर्णालीमा ओली पक्षका नेताहरु मुख्यमन्त्रीले बहुमत गुमाइ सकेकाले अब काँग्रेस र राप्रपाको साथ लिएर नयाँ सरकार गठन हुने संकेत गरेका छन् । तसर्थ अब कर्णाली प्रदेश सरकार गठनमा काँग्रेस नै निर्णायक हुने निश्चित छ ।

कांग्रेसले भने अहिले नै सरकारमा जान हतार नगर्ने प्रतिक्रिया दिएको छ । यद्यपी वर्तमान सरकार हटाउनका लागि काँग्रेसलाई मुख्यमन्त्री दिएर भए पनि सरकार गठन गर्ने ओली समूहको आन्तरिक तयारी देखिन्छ । 

कांग्रेसले भने प्रदेशमा सरकार नै गठन हुन नसक्ने अवस्था आएमा नेकपाको मुद्दा मिल्ने पक्षलाई समर्थन गर्नसक्ने संकेत गरेको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक हिमबहादुर शाहीले भने,‘हामी सरकारमा त जाँदैनौं, तर संकट समाधानका लागि सरकार गठनमा एउटा पक्षलाई समर्थन हुनसक्छ । पार्टी केन्द्रको निर्णयअनुसार नै सरकारमा जाने वा नजाने भन्ने एकिन हुन्छ ।’ नेकपाले जिम्मेवारी पुरा नगरेको खण्डमा भने कांग्रेसले अभिभावकत्व निभाउने उनको तर्क छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.