प्रचण्डले ओलीलाई भने, ‘प्रदेशसभा पनि विघटन गरे इतिहासमा कलंकित हुनुहुनेछ’

प्रचण्डले ओलीलाई भने, ‘प्रदेशसभा पनि विघटन गरे इतिहासमा कलंकित हुनुहुनेछ’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल खेमा सडक संघर्षमा उत्रिएको छ। उक्त समूहका नेतृत्वकर्ता नेतादेखि कार्यकर्तासम्मले ‘हामी यहाँ छौं’ लेखिएको कागज छातीमा टाँसेर राजधानीमा शुक्रबार प्रदर्शन गरे।

विरोध प्रदर्शनमा नेकपाका केन्द्रीय कमिटी सदस्य र ‘विघटित’ सांसदहरू सहभागी थिए। उक्त समूहका अध्यक्षद्वय दाहाल, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत सडकमा पलेटी कसेर विरोध कार्यक्रममा सहभागी भए।

सर्वोच्च अदालत परिसरकै छेउ माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन निर्वाचन आयोगको केन्द्रीय कार्यालयसम्म पुगेको थियो। सर्वोच्चमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरुद्ध मुद्दा विचाराधीन छ भने निर्वाचन आयोगमा नेकपाको वैधानिकताको विवाद छ। सडक प्रदर्शनपछि नेकपाको दाहाल–नेपाल पक्षले आफूसँग बहुमत रहेको भन्दै ३ सय १५ केन्द्रीय सदस्यको हस्ताक्षर आयोगमा बुझाएको थियो। उक्त कार्यक्रममा दाहाल र नेपाल पनि सहभागी थिए। सोही समूहले शुक्रबारै कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी नेकपाको वैधानिक पक्ष आफू नै रहेको दाबी गरेको थियो। 

पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले अदालत र निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष रूपमा संविधानकै पक्षमा फैसला गर्ने बताए। ‘केपी ओलीले आफू जस्तो छु, अरू पनि त्यस्तै छु सोच्नुभएको होला। सबै जालीझेली हुन्छन्, सबै सेटिङमा चल्छन् भन्ने सोच्नुभएको छ भने ओलीजी तपाईं भ्रममा हुनुहुन्छ,’ दाहालले पत्रकारसँग भने, ‘प्रतिनिधिसभा विघटन गर्नुभयो। अब प्रदेशसभा पनि विघटन गर्नुभयो भने तपार्इं इतिहासमा कलंकित हुनुहुनेछ।’

दाहालले पार्टी एकतापछि जनताको बहुदलीय जनवादको राजनीतिक प्रतिवेदनमा नेकपा एकमत र दृढ रहेको बताए। तर, ओली कहिल्यै पनि राजनीतिक मान्यताप्रति इमान्दार नबनेको उनको आरोप थियो। ‘ओलीले मदन भण्डारी फाउन्डेसनका नाममा जहिले पनि जबज भनेर एउटा अभियान चलाइराख्नुभयो र राजनीतिक कार्यदिशामा भएको निर्णय मान्नुभएन’, दाहालले भने, ‘पार्टी एकता भएपछि जबज र मदन भण्डारी तथा माओवादी र प्रचण्डको भूमिकाबारे गरिएको उच्च मूल्यांकनको सम्मान गर्नुभएन।’

उक्त समूहबाट अध्यक्ष बनाइएका नेपालले ४९ वर्षदेखि केपी ओलीसँग आफ्नो सहकार्य भएको बताए। अहंकार र दम्भले ओलीलाई गोर्भाचोभको  रूपमा हेरिएको उनले आरोप लगाए। ‘केपी ओलीले अहिले कम्युनिस्ट आन्दोलन कमजोर पार्नुभएको छ। कुनै दिन धराशयी बनाउनुहुनेछ’, उनले भने, ‘ओली संघीयता, धर्मनिरपेक्षता र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुनुहुन्छ।’

वरिष्ठ नेता खनालले झापा काण्डदेखि नै ओलीमा अनधिकृत काम गर्ने बानी रहेको आरोप लगाए। ‘उहाँले संविधानको मर्म र भावनाविपरीत संसद् विघटन गर्नुभयो’, खनालले भने, ‘वीरगञ्जमा हाम्रै पार्टीका कार्यकर्ता मारिए। भारतीय गुप्तचर संस्थाका प्रमुखको रातारात भमणका विषयमा कुरा उठायौं। कर्णाली प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउँदा छलफल गर्न हामीले बैठकको माग गर्‍यौँ तर सुनुवाइ भएन। ओलीमा निरंकुशता देखियो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.