सन् २०२८ सम्ममा चीनकाे अर्थतन्त्रले अमेरिकालाई उछिन्ने

सन् २०२८ सम्ममा चीनकाे अर्थतन्त्रले अमेरिकालाई उछिन्ने

चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने एक प्रतिवेदनमा जनाइएको छ । यूकेको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चको प्रतिवेदनमा औँल्याइएको त्यो समय यसअघि अनुमान गरिएको भन्दा पाँच वर्ष छिटो हो ।

सेन्टरका अनुसार कोभिड-१९ को सीपयुक्त व्यवस्थापनले चीनको उन्नति अमेरिका र युरोपमा भन्दा छिटो हुने बताइएको छ ।

भारतको अर्थतन्त्र भने सन् २०३० मा विश्वकै तेस्रो ठूलो हुने अनुमान गरिएको छ।भारतले सन् २०१९ मा यूकेको अर्थतन्त्रलाई विश्वको पाँचौँ स्थानबाट विस्थापित गरेको भए पनि कोभिड-१९ का कारण फेरि पछाडि परेको छ ।

भारतले सन् २०२४ मा यूकेलाई, सन् २०२७ मा जर्मनीलाई र सन् २०३० मा जापानलाई पछाडि पार्ने अनुमान गरिएको छ । सेन्टरले प्रत्येक वर्ष डिसेम्बर २६ मा आफ्नो प्रतिवेदन सार्वजनिक गर्छ ।

चीनमा कोरोना भाइरस पहिले देखिएको भए पनि यसले छिटै कडा प्रावधान लागु गरेर नियन्त्रण गरेको छ जसले अन्य देशहरूमा जस्तो पटकपटक लकडाउनका कारण त्यहाँको अर्थतन्त्र ठप्प पार्नुपरेको छैन । यसको परिणाम स्वरूप सन् २०२० मा अन्य ठूलो अर्थतन्त्रहरूमा मन्दी देखिए पनि चीनको अर्थतन्त्र दुई प्रतिशतले बढ्ने देखिएको छ । 

अमेरिकी अर्थतन्त्र भने सबैभन्दा नराम्ररी थलिएको छ । त्यहाँ भाइरस जोडिएका घटनामा ३३०,००० मानिसहरूको मृत्यु भएको छ भने एक करोड ८५ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन्।

अर्थतन्त्रमा भएको प्रभावलाई मौद्रिक नीति र आर्थिक सहयोगले कम गर्न खोजिएको छ तर त्यहाँ देखिएको राजनीतिक असहमतिका कारण नयाँ वर्षमा एक करोड ४० लाख मानिसले बेरोजगारी भत्ता सुविधा नपाउने हुनसक्छ ।

प्रतिवेदनका अनुसार सन् २०२१ मा कोभिड-१९ बाट अर्थतन्त्रमा सुधार आएपछि अमेरिकामा सन् २०२२ देखि सन् २०२४ सम्म १.९ प्रतिशतले अर्थतन्त्र वृद्धि हुनेछ भने त्यसपछि १.६ प्रतिशतमा वृद्धि हुनेछ । चीनको अर्थतन्त्र भने सन् २०२५ सम्म ५.७ प्रतिशतले बढ्ने र सन् २०२६ देखि सन् २०३० सम्म ४.७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

सन् २००० मा विश्वको कुल अर्थतन्त्रको ३.६ प्रतिशत अंश रहेको चीनको भने अहिले १७.८ प्रतिशत रहेको छ र सन् २०२३ मा चीन विश्वकै सबैभन्दा उच्च आम्दानी भएको अर्थतन्त्र हुनेछ ।

चीनको अर्थतन्त्र बलियो हुनुका कारण कोभिड-१९ मात्र नभई ठूलो उद्योगलक्षित नीतिहरू पनि भएको सेन्टरका उपाध्यक्ष डगलस म्याकविलियम्सले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.