पुरनको ‘तीन जुङ्गे’

पुरनको ‘तीन जुङ्गे’

काठमाडौं : हास्यकलाकार, निर्माता तथा निर्देशक पुरन थापाले नयाँ फिल्म ‘तीन जुङ्गे’ फिल्म निर्माण गर्ने भएका छन्। उनले आइतबार आफ्नो जन्मदिनको अवसरमा कमेडी जनराको ‘तीन जुङ्गे’ को घोषणा गरेका हुन्। 

यसअघि ‘पिरिम पर्‍या छन्,’ ‘कान्छी मट्याङ ट्याङ’, ‘फेरि–फेरी’ लगायतका कमेडी फिल्म तथा ‘यस्तै छ यहाँको चुरीफुरी’ लगायतका थुप्रै टेलिशृंखला निर्माण तथा निर्देशन गरिसकेका थापाले ‘तीन जुङ्गे’ को छायांकन माघ तेस्रो साताबाट सुरु हुने जनाए।  

बसुन्धरा मुभिजको ब्यानरमा बन्दै गरेको तीन जुङ्गेमा निर्देशक थापा स्वयम्, लय संग्रौला, दमन रूपाखेती, निक शर्मा, सुमित्रा अधिकारी, रमेश मट्टारे, मनीषा रायमाझी, ललितसिंह साउद, विकल उप्रेती, सविता दनाई, शिखा सुवेदी, छाया भुजेल, सुपा खनाललगायतका कलाकारले अभिनय गर्नेछन्। 

विनोद भुजेलको संगीत, रूपा मानन्धरको मेकअप र शंकर महर्जनको द्वन्द्वनिर्देशन रहने फिल्मको सम्पादनमा ललितसिंह साउद रहेका छन्। ‘तीन जुङ्गे’ काठमाडौं, मुस्ताङ, पोखरालगायतका स्थानमा छायांकन गरिने निर्माण पक्षले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.