सव–डिभिजन वन कार्यालय बर्दिबासका कर्मचारी निलम्बित

सव–डिभिजन वन कार्यालय बर्दिबासका कर्मचारी निलम्बित

जनकपुरधाम : चुरे क्षेत्रमा पर्ने बर्दिबास–१ स्थित रमतेल डाँडा सामुदायिक वनको रूख कटान प्रकरणमा सव–डिभिजन वन कार्यालय बर्दिबासका सहायक वन अधिकृतसहित सात कर्मचारी निलम्बनमा परेका छन्।     

वन रूख कटानी कार्यको तामेली गर्ने सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादवको टोलीलाई निलम्बन गरिएको डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए। फरेस्टर सन्तोषकुमार साह, वन रक्षक राजकिशोर झा, अजयकुमार यादव, राकेश यादव, नारायण ढुंगेल र दिलीप महतो पनि निलम्बनमा परेका हुन्। ‘वनको रूख कटान घटनाको अनुसन्धान पूरा नभएसम्मका लागि उनीहरूलाई निलम्बन गरिएको हो’, वन प्रमुख साहले भने।

यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका डीएसपी मधुकुमार थापा नेतृत्वको टोलीले आइतबार दिउँसो रूख कटान भएको क्षेत्रको निरीक्षण गरेको छ। टोलीले स्थानीय बासिन्दा, वन कर्मचारीसँग रूख कटानीको विषयमा सोधपुछ गरेको छ। सो टोलीले वनको स्थलगत मुचुल्का गरेर फर्किएको छ। नापी कार्यालय बर्दिबासले नापी गरेको आधारमा जग्गाधनी लीलामणि आचार्य र कृष्णप्रसाद गौतमलाई वन कार्यालयले १ बिघा २ कठ्ठा ११ धुरमा पर्ने १ सय वटा कुकाठका रूख कटान गर्न आदेश दिएको थियो। 

तर, उनीहरूले ३ बिघा १८ कठ्ठा क्षेत्रफलको ४ सय ६ वटा रूख कटान गरेर वनको जग्गा कब्जा गर्न खोजेका प्रारम्भिक अनुसन्धानबाट खुलेको जाँचबुझका लागि खटिएका सहायक वन अधिकृत बेचन ठाकुरले बताए। अवैध रूपमा रूख कटानी गरिएको र वनको जग्गाको हडप्न खोजेको भन्दै जग्गाधनी आचार्य र गौतमलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरिएको छ। अहिले उनीहरू फरार छन्। 

जग्गाधनीले २५ नम्बर बहादुरगन्ज ३ (क) कित्ता नं.२ को १ बिघा २ कठ्ठा ११ धुरको लालपुर्जा डिभिजन वन कार्यालयमा पेस गर्दै त्यहाँका ३ सय ८५ जना रूख कटान गर्न गत असोज २३ मा वनसँग आदेश मागेका थिए। त्यसपछि वन, नापी, मालपोत कार्यालयको टोलीले जग्गाधनीले देखाएको जग्गाको नापी, रूखको अवस्थाबारे मुचुल्का गरेका थिए। नापी कार्यालय बर्दिबासका सर्भेक्षक तथा अमिन रामदरश राउतले जग्गाधनीको जग्गा वन क्षेत्रमा भएको ठहर्‍याएका थिए। 

यसैबीच, वन फँडानी गर्नेलाई कारबाही गर्न चासो नदिएको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामा प्रदर्शन गरेको छ। उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय यादवको पुतला दहन गरिएको छ। अभियानका संयोजक सुनीलकुमार यादवको नेतृत्व टोलीले चुरे जोगाऔ भन्ने नारासहित प्रदर्शन गर्दै घटनाको सत्य, तथ्य छानबिन गर्न माग गरेको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.