भारतमा कोरोना संक्रमितको संख्या एक करोड दुई लाखभन्दा बढी

भारतमा कोरोना संक्रमितको संख्या एक करोड दुई लाखभन्दा बढी

भारतमा कोरोना भाइरस संक्रमितको संख्या सोमबारसम्म एक करोड दुई लाख ७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार २१ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड दुई लाख ७ हजार ८७१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

भारतमा कोरोना भाइरसको संक्रमण देखा परेयता छ महिनाभित्र पहिलो पटक आइतबार कोभिड-१९ को संक्रमित २० हजार भन्दा कम देखिएको थियो । गत २४ मा भारतमा कोरोना संक्रमणको कारण २७९ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजार ९०१ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९७ लाख ८२ हजार ६६९ व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । 

हाल भारतमा दुई लाख ७७ हजार ३०१ सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा मात्र कोरोना संक्रमित २१ हजार ४३० जना कोरोना मुक्त भएका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ७५७ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र १६ जनाको मृत्यु भएको छ । भारतमा कोभिड-१९ शुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ४५३ जनाको मृत्यु भइसकेको छ । 

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड-१९ परीक्षणलाई तीब्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १६ करोड ८८ लाख  १८ हजार ५४  को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । 

भारतमा आइतबार एक दिनमा  सात लाख १५ हजार ३९७ जनाको कोरोना भाइरस नमूना परीक्षण भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.