संसद् विघटनको काभ्रेमा पनि विरोध
काभ्रे : नेपाली कांग्रेस काभ्रे क्षेत्र नं १ र २ मा संसद् विघटनको विरोधमा प्रदर्शन एवं सभा गरिएको छ। क्षेत्र नं १ को भकुण्डेबेसीमा र २ को बनेपामा विरोध कार्यक्रम गरिएको थियो।
विरोध सभामा क्षेत्र नं १ भकुण्डे बेसीको कार्यक्रममा केन्द्रिय सदस्य शिवप्रसाद हुमागाई, संविधान सभा सदस्य तीर्थ लामा, ललिता किङरिङ, हर्षजित लामा, जिल्ला स्तरीय नेताहरु कुन्साङ लामा, डिबि लामा, रमेश हुमागाई, ईश्वरी ओझा, शंखबुद्ध लामा लगायत सहभागी भएका थिए। उनहीहरुले ओलिको सरकारले जनताको मन जित्ने कुनै पनि काम नगरेको र संसद् विघटन गरेर लोकन्त्र माथि नै हस्तछेप गरेको भन्दै विरोध सभालाई सम्बोधन गरेका थिए।
यसै गरी क्षेत्र नं २ को बनेपामा भएको विरोध सभामा केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्व राज्य मन्त्री कंचन चन्द्र बादे, नेपाली कांग्रेस जिल्ला सभापति मधु आर्चाय, क्षेत्रीय सभापति महेश खरेल, नेबिसंघको सभापति निप्रेस बादे लगायतले सम्बोधन गरेका थिए।
कार्यक्रममा बोल्ने वक्ताहरुले केपी ओलीले गरेको प्रतिनिधि सभाको विघटन असंबैधानिक र अलोकतन्त्रिक भएको बताउँदै सो कदमविरुद्ध लाग्न सबैलाई अपील गरेका थिए।