अछाममा कांग्रेसको विरोध प्रदर्शन
अछाम : वर्तमान सरकारको अलोकतान्त्रिक र असंवैधानिक कदमकाविरुद्ध नेपाली काँग्रेस अछामले विरोध प्रर्दशन गरेको छ । देशव्यापी विरोध कार्यक्रमअन्र्तगत अछामको दुईवटा निर्वाचन क्षेत्रमा काँग्रेसले विरोध प्रदर्शन गरेको हो ।
निर्वाचन क्षेत्र नम्बर १ को साँफेबगरमा भएको कार्यक्रममा जिल्ला पार्टी सभापति भरत कुमार स्वार र २ को कमलबजारमा आयोजित कार्यक्रमलाई पूर्वसांसद अक्कलबहादुर बिष्टलगायतले सम्बोधन गरे ।
सभापति स्वाँरले विकास र परिर्वतनका नाममा सिन्को समेत भाँच्न नसक्दा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताए । साथै उनले संसद विघटन गर्नु लोकतन्त्र र संविधानको खिल्ली उडाउनु मात्रै भएको आरोप लगाए ।
नेता बिष्टले संसद विघटन गरेर ओलीले देश र जनतालाई ठूलो धोका दिएको बताए । सांसद बिष्टले नेपाली कांग्रेस मात्र देश र जनतालाई न्याय दिन सक्ने ठोकुवा गरे ।