थारू लोकभाकाको संकलन

थारू लोकभाकाको संकलन

काठमाडौं : नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका संगीत विभाग प्रमुख प्राज्ञ अशोक राईले दाङ जिल्लाका थारू समुदायमा प्रचलित तर लोपोन्मुख अवस्थामा रहेका विभिन्न लोकभाकाको स्थलगत अध्ययन–अनुसन्धान तथा संकलन गरेका छन्। 

प्राज्ञ राईले थारू समुदायले दसैंका अवसरमा गाउने थरपैंया, माघे संक्रान्तिको अघिल्लो रात गाउने ढुमरु र विभिन्न भेटघाट तथा विशेष अवसरमा गाउने हुरडुंग्या भाकाको स्थलगत अध्ययन, अनुसन्धान र संकलन गरिएको बताए। प्राज्ञ राईले दसैंका अवसरमा बजाइने बाइस ख्वाट अर्थात् २२ वटा मादलका तालको भिडियोसमेत लिएको जानकारी दिए। 

ढुमरु भाका संकलनमा घोराही–७ का बेझलाल चौधरीले हुरडुंग्या भाका,  शान्तिनगर गाउँपालिकाका विष्णुदास चौधरीले धनौरा र थरपैंया भाका र बाइस ख्वाट (२२ मादलका ताल)को संयोजन घोराही–१० का  चन्द्रप्रकाश चौधरीले गरेका थिए।

लोकभाका अध्ययन, अनुसन्धान तथा संकलनसम्बन्धी कार्यको स्थानीय संयोजन कुलवीर चौधरीले गरेका थिए। लोकभाकासम्बन्धी आलेखन थारू लोकगीत अध्येता डा. गोविन्द आचार्यले गरिरहेका छन्। 

यसैगरी प्राज्ञ सभा सदस्य चाँदनी मल्लको संयोजनमा दार्चुला जिल्लामा बसोबास गर्ने सौका जातिमा प्रचलित तीनवटा लोकभाकाको स्थलगत अध्ययन, अनुसन्धान तथा संकलन सकिएको र चाँडै नै ती सबै लोकभाकाको रेकर्डिङ गरिने प्राज्ञ राईले जानकारी गराए। 

यसअघि प्राज्ञ राईले ताप्लेजुङको ओलाङचुंगोलामा पुगेर वालुङ जातिका लोकभाकाको  स्थलगत अध्ययन, अनुसन्धान र संकलन गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.