अब नेपाली जनताले सडक छोड्दैन : भट्टराई

अब नेपाली जनताले सडक छोड्दैन :  भट्टराई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त भएको संविधानमाथि 'कू' गर्ने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक, प्रतिगामी र प्रतिक्रान्तिकारी कदमविरुद्ध बाध्य भएर सडकमा आउनु परेको बताएका छन्।

काठमाडौंको भृकुटी मण्डपमा आयोजित विरोधसभामा सम्बोधन गर्दै नेता भट्टराईले प्रतिनिधिसभा पुन: स्थापित नभएसम्म आफूहरुले सडक नछोड्ने दावी गरेका छन्।

उनले भने, 'जुन दिनसम्म प्रतिनिधिसभा पुन:स्थापित हुँदैन तबसम्म नेपाली जनताले सडक छोड्ने छैनन।' अब मुलुकलाई सही दिशामा लानुपर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको भन्दै नेता भट्टराईले संयुक्तरुपमा आन्दोलनमा उत्रिन सबै दल तथा नागरिक समाजसँग आग्रह गरे।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि रुस्ट भएका भट्टराईले पर्यटनमन्त्री पदबाट राजीनामा दिएका थिए। हाल भट्टराई प्रचण्ड-नेपाल समूहमा छन्। यही पुष ५ गते मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विध्यादेवी भण्डारीले संसद विघटन गरेपछि सत्ता पक्षकै नेताहरु आन्दोलनमा उत्रिएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.