कोभिड-१९ फुटबलः रिभरबीच म्याग्दीले जित्यो उपाधि

कोभिड-१९ फुटबलः रिभरबीच म्याग्दीले जित्यो उपाधि

बागलुङ : कोरोना भाइरसबाट लामो समयदेखि ठप्प प्रायः बनेको जिल्लाको खेल क्षेत्रमा गति ल्याउने अभिप्रायले कोभिड–१९ कप फुटबल प्रतियोगिता गरिएको छ । बागलुङ जिल्ला सदरमुकाममा गत पुस ११ देखि आयोजित कोभिड–१९ कप फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि रिभरबिच रेष्टुरेन्ट बेनी म्याग्दीले जितेको छ । 

बाङ्गेचौर खेलमैदानमा भएको अन्तिम फाइनल खेलमा रिभरबिचले आयोजक पावर फिटनेश क्लब बागलुङलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । फाइनल खेल प्रतिस्पर्धात्मक बने पनि आयोजक क्लबका तर्फबाट कुनै गोल हुन सकेन ।

रिभरसाइडको जितमा कमल थापाले दुई गोल र रोशन लामिछानेले एक गोलको योगदान गरे । पुरस्कृत बिजयी प्रतियोगीलाई चिल्डेन लाइफ इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठ, जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले पुरस्कार बितरण गरे ।

उपाधी बिजेता बनेको रिभरबिचले खसी, ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेतामा चित्त बुझाएको आयोजक पावर फिटनेश क्लबले १० केजी कुखुराको भाले, ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा रिभरबीचका कमल थापा सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए भने उत्कृष्ट गोलकिपरको उपाधि रञ्जन खत्रीले प्राप्त गरे । 

कोरोना फोबियाले लामो समयदेखि साँघुरो घेरामा कैद हुँदा खेलाडीहरुले सकस बेहोरिरहेकाले अब स्वास्थ्य सुरक्षा सचेतता सहित खेलकुद गतिविधि अघि बढाउन अभिप्रेरित गर्ने उद्धेश्यले कोभिड १९ कप फुटबल आयोजना गरिएको क्लबका सदस्य सौगात खड्काले जानकारी दिए । 

पावर फिटनेस क्लब बागलुङको आयोजनामा भएको प्रतियोगितामा बागलुङ, पर्वत र म्याग्दीका गरी १९ समूहको सहभागिता थियो । गत वर्षको चैत्रमा कोरोना भयावह सुरु भएसँगै ठप्प भएको बागलुङको खेलकुद क्षेत्रमा प्रतियोगिताले नयाँ उत्साह पैदा गरेको जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले ताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.