संसद विघठनविरुद्ध डोल्पामा प्रर्दशन

संसद विघठनविरुद्ध डोल्पामा प्रर्दशन

डोल्पा : प्रधानमन्त्री केपी ओली कमदमको विरोधमा डोल्पामा प्रर्दशन गरिएको छ । प्रधानमन्त्रीले संघीय संसद विघठन गरेको विरोधमा प्रचण्ड -नेपाल पक्षका कार्याकर्ताले डोल्पा सदरमुकाम दुनैमा प्रर्दशन गरेका हुन् । 

ओलीले जनताको जनमतको अपमान गरेर संविधानमाथि 'कू' गरेको भन्दै सचिवालय सदस्य जँगबहादुर रोकायाले नेकपा फुटेको छैन, जनतामाथि खेलवाड गरिदैँछ हामी कुनैपनि हालतमा असंवैधानिक कदम चाल्नेलाई नछोड्ने बताए।

लिपुलेक लिम्पीया धुरामा भारतीय सेना हटाऊ, संसद पुनस्थापना गर, केपी ओली मुर्दाबादजस्ता नारा लेखिएको ब्यानर टाउकोमा बोकरे विरोधमा उत्रिएका प्रचण्ड नेपाल पक्षका कार्यकर्ताले सदरमुकाम दुनैमा प्रर्दशन गरे। 

सम्बोधनका क्रममा नेता रोकायाले जनताको जनमतको कदर नगर्ने र भ्रष्टहरुको साथमा असम्बैधानिक कमद उठाउन प्रधानमन्त्री ओली र राष्ट्रपतिलाई जनताले माफी नदिने बताए।

प्रधानमन्त्री ओली राष्टघाती भएको भन्दै नेकपा डोल्पाका सचिव मालबहादुर रोकायाले भने एमाले माओवादी भन्ने गलत प्रचार नगरौं नेकपा नै छ र रहन्छ हामी जनताको साथमा छौं, गलत कदमविरुद्ध सड्कमा आएका हौं।' उनले जनतालाई साथ दिन सबैसँग आग्रह गरे । 
 
पौष ६ गते पहिलो पटक आन्दोलन गरेको प्रचण्ड नेपाल पक्षका कार्यकर्ताले पुन मंगलबार आन्दोलन गरेका हुन् । नेकपाका जिल्लास्तरीय नेताले कोणसभालाई सम्बोधन गर्दै आफूहरु जतिसुकै मुल्य चुकाउन तयार भएपनि ओलीले गल्ती सच्याएनन् भने देश र गणतन्त्र दुर्घटनामा पर्नेछ। जनताले माफी दिने छैनन् । त्यो बेला जनताले नै बम र हतियार चलाउनेछन् । '

ओली पक्ष भएर बस्नेहरु भोली पछुताउने भन्दै जिल्लाका नेता कार्यकर्ताहरुले कित्ता किलियर गरेर सड्कमा आउन नेता मोतिराम गौतमले आग्रह गरे । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.