जनकपुरमा प्रचण्ड- नेपाल समूहको प्रदर्शन

जनकपुरमा प्रचण्ड- नेपाल समूहको प्रदर्शन

जनकपुरधाम : प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा धनुषाले जनकपुरधाममा विशाल जनप्रदर्शन गरेको छ । प्रचण्ड- माधव नेपाल समूहले देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रमअन्तर्गत जनकपुरधाममा गाउँ-गाउँबाट र्‍यालीसहित आएकाहरु प्रदर्शनकारीले जनकपुरधाम तताएका थिए । 

धनुषाको विभिन्न नगर तथा गाउँबाट आएका र्‍याली जनकपुरको रेल्वे स्टेशनमा जम्मा भइ नगर परिक्रमा गरेका थिए । जहाँ केन्द्रीय नेतासहित प्रदेश र जिल्ला इन्चार्जसहितका नगर कमिटीका नेताको व्यापक सहभागीता थियो । 

विरोधसभामा शीर्ष नेताहरु स्थायी कमिटी सदस्य गणेश साह, पूर्वमन्त्री रामचन्द्र झा, यदुवंश झा, श्रीप्रसाद साह, श्रवणलगायतले सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओलीले गरेको संसद विघटन अलोकतान्त्रिक, अमर्यादित र जघन्य राजनीतिक अपराध भएको भन्दै विशाल प्रदर्शन गरिएको नेता रामचन्द्र झाले बताए ।

विरोध प्रदर्शनमा सहभागीले प्रधानमन्त्री केपी शर्मा र राष्ट्रपति विद्यादेबी भण्डारी मुर्दावाद, संसद् विघटन गर्न पाइँदैन, संघीय लोकतन्त्र विरोधी प्रधानमन्त्री मुर्दावाद लगायतका नारा लगाएका थिए ।

विरोधसभालाई सम्बोधन गर्दै नेताहरुले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संविधानको उपहास गरेको आरोप लगाए । नेकपाका धनुषा जिल्ला ईन्चार्ज श्रवण यादव बरबरिया (जीवन) को नेतृत्वमा निस्केको जुलुस मिल्सएरिया, भानुचोक, कदमचोक, मूरली चोक, रामचोक, शिवचोक, जनकचोक, हुँदै पुन रेल्वे स्टेशनमा कोणसभामा परिणत भएको थियो ।   

प्रधानमन्त्री ओली निरंकुश शासक बनेको नेताहरुले आरोप लगाए । संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षले गरेको विराध प्रदर्शनमा श्रबण बरबरिया यादवले ओली तानाशाही, स्वेच्छाचारी र निरंकुश भएको आरोप लगाए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.