६ हजार १३५ स्वाब नमूना परीक्षण गर्दा ७०८ जनामा कोरोना संक्रमण

६ हजार १३५ स्वाब नमूना परीक्षण गर्दा ७०८ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। संक्रमित हुनेमा २७० महिला र ४३८ पुरुष रहेका छन्। नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४९ पुगेको छ। यस्तै २४ घन्टामा ६ हजार १३५ स्वाब नमूना परीक्षण गरिएकोमा ७०८ जनामा संक्रमण देखिएको हो।

यस्तै मंगलबार ७३१ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९६.८ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या भने ६ हजार ३९६ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ४० पुगेको मन्त्रालयले जनाएको छ। मंगलबार कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। 

यस्तै अहिले ३६५ जना क्वारेन्टिन र ६ हजार ३९६ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोना गम्भीर २२८ जनाको आइसीयूमा र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.