'अमेरिकी सुरक्षा निकायमा ट्रम्पले व्यापक क्षति पुर्‍याए : बाइडेन

'अमेरिकी सुरक्षा निकायमा ट्रम्पले व्यापक क्षति पुर्‍याए : बाइडेन

अमेरिकाको सुरक्षा निकायहरूमा राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले व्यापक क्षति पुर्याएको राष्ट्रपति निर्वाचित जो बाइडेनले बताएका छन्। आफ्नो टोलीले रक्षा मन्त्रालयसहित अन्य विभिन्न निकायहरूबाट आवश्यक पर्ने सूचना नपाएको बाइडेनले बताए।

बाइडेनले अमेरिकाका राष्ट्रपतिका रूपमा ज्यानवरी २० मा पदभार ग्रहण गर्दै छन्। तर राष्ट्रपति डोनल्ड ट्रम्पले भने हालसम्म हार स्वीकार गरेका छैनन्। अमेरिकामा गत महिना राष्ट्रपतीय निर्वाचन भएको थियो । त्यहाँ राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि महत्त्वपूर्ण सूचनाबारे जानकारी गराइने प्रचलन भए पनि नोभेम्बर ३ मा भएको चुनावपछि हप्तौँसम्म बाइडनलाई त्यस्ता गतिविधिमा सामेल गराइएको थिएन। 

यस विषयमा ट्रम्प प्रशासनले तत्काल प्रतिक्रिया जनाएको थिएन। तर गत हप्ता पेन्टागनले समाचार संस्था रोयटर्सलाई आफूहरूले कैयौँ अन्तर्वार्ता गरेको र सूचना दिने अनि बैठक गर्ने काम जारी राख्ने प्रतिक्रिया दिएको थियो। 

सल्लाहकारहरूसँगको भिडियो साक्षात्कार पछि सार्वजनिक गरिएको एउटा भिडियोमा बाइडनले आफ्नो टोलीले रक्षा मन्त्रालय र बजेट व्यवस्थापन गर्न कार्यालयमा कठिनाइ भोगेको बताएका हुन्। 'बाहिरिँदै गरेको प्रशासनबाट हामीलाई आवश्यक राष्ट्रिय सुरक्षाबारे महत्त्वपूर्ण जानकारीहरू हामीले पाइरहेका छैनौँ,' उनले भने। 'यो मेरो बुझाइमा गैरजिम्मेवारीपनाभन्दा कम छैन।'

राष्ट्रपतीय निर्वाचन लगत्तै ट्रम्प प्रशासनले रक्षा मन्त्री मार्क एस्परलाई पदबाट बर्खास्त गरिदिएको थियो। त्यस बेला रङ्गभेदबारे भइरहेका प्रदर्शन मत्थर पार्न सेना परिचालन गर्ने विषयमा उनले विमति जनाएका कारण ट्रम्पले उनलाई पदबाट हटाएका बताइएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.