महिलालाई सवारी लाइसेन्सको लबिङ गर्ने लुजैनालाई जेल सजाय

महिलालाई सवारी लाइसेन्सको लबिङ गर्ने लुजैनालाई जेल सजाय

साउदी अरबकी एक प्रख्यात महिला अधिकारवादी लुजैना अल-हथलुललाई जेल सजाय सुनाइएको छ। उनले महिलाहरूले सवारी हाँक्न पाउने अधिकारको वकालत समेत गरेकी थिइन ।

३१ वर्षकी हथलुलले हालसम्म साढे दुई वर्षभन्दा बढी जेल जीवन बिताइसकेकी छन् । उनीसहित केही अधिकारवादीहरूलाई साउदी अरबविरुद्ध रहेको ठानिएका संस्थाहरूसँग सम्पर्क गरेको आरोपमा सन् २०१८ मा पक्राउ गरिएको थियो ।

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले पटक-पटक उनलाई रिहा गर्न माग गर्दै आएका छन् । तर सोमवार आतङ्कवादविरुद्धको अदालतले राष्ट्रिय सुरक्षामा क्षति पुर्याउन खोजेको र देशमा विदेशी मुद्दाहरूलाई अघि बढाएको आरोपमा उनलाई दोषी ठहर गरेको छ । उनलाई पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाइएको हो । दुई वर्ष १० महिनाको सजाय भने रद्द गरिएको बताइएको छ।

हथलुल र उनको परिवारले भने सबै अभियोग अस्वीकार गरेका छन् । उनलाई जेलमा यातना दिइएको समेत परिवारको दाबी छ तर त्यो दाबीलाई अदालतले खारेज गरिदिएको छ ।

हथलुललाई साउदी महिलाहरूलाई सवारी हाँक्न अनुमति दिइनुभन्दा केही हप्ता अघि पक्राउ गरिएको थियो । उनले त्यो मुद्दालाई जोडदार रूपमा उठाएकी थिइन् । साउदी अधिकारीहरूले भने यो विषयसँग उनको पक्राउको कुनै सम्बन्ध नभएको बताएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.