‘ब्लाइन्ड’ को सुटिङमा सोनम
मुम्बई : अभिनेत्री सोनम कपुरले फिल्म ‘ब्लाइन्ड’को सुटिङ सुरु गरेकी छन्। हिट कोरियन एक्सन थ्रिलर फिल्म ‘ब्लाइन्ड’ को हिन्दी रिमेकको रूपमा बन्न लागेको हो।
शोम मखिजाको निर्देशनमा तयार भइरहेको फिल्मको सुटिङ स्कटल्याण्डमा भइरहेको छ। फिल्ममा पुरब कोहली र विनय पाठक पनि मुख्य भूमिकामा छन्। फिल्म एक महिला पुलिस अफिसरको बिषयमा रहेको छ। ती पुलिस अफिसरले कार दुर्घटनामा आँखाको दृष्टि गुमाउँदा पनि भित्री सेन्सको मद्दतबाट पुलिस केसका लागि सहयोग पुर्याउँछिन्।
सोनमको पहिलो फिल्म ‘साँवरिया’ फ्लप भएको थियो। त्यसपछि अभिनयमा अझै मिहिनेत गरेकी उनका ‘दिल्ली ६’, ‘रांझणा’, ‘भाग मिल्खा भाग’, ‘प्रेम रतन धन पायो’, ‘नीरजा’, ‘सन्जु’ लगायत थुप्रै राम्रा फिल्म आएका छन्।