मिस युनिभर्स फाइनलतिर
काठमाडौं : ब्रेभ बोल्ड ब्युटिफुल प्रालिको आयोजनामा सञ्चालन भइरहेको मिस युनिभर्स नेपाल, २०२० को फाइनल कार्यक्रम बुधबार हुँदैछ।
पहिलो पटक स्वतन्त्र रूपमा सञ्चालन हुन गइरहेको मिस युनिभर्सको फाइनल कार्यक्रम बुधबार साँझ ६ बजे होटल म्यारियटमा हुनेछ। कार्यक्रमकी नेसनल डाइरेक्टर नग्मा श्रेष्ठका अनुसार, मिस युनिभर्स नेपाल कार्यक्रममा सहभागिताको लागि पाँच सय जनाको आवेदन परेको थियो। जसमध्ये सुरुको चरणमा ९७ जना छनोटमा परेका थिए। ९७ बाट ५० अनि २४ हुँदै १८ जना फाइनलका लागि प्रतिस्पर्धामा छन्। जसमध्ये नेपाली तथा गैरआवासीय नेपाली युवतीसमेत सहभागी छन्। कार्यक्रममा विजेताले १० लाख नगदसहित १५ लाखबराबरको क्राउनसमेत गरी २५ लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन्।
मिस यूनिभर्स नेपाल २०२० को उत्कृष्ट १८ मा पर्न सफल प्रतिस्पर्धीहरूमा एञ्जेल लामा (काभ्रे), अंशिका शर्मा (अष्ट्रेलिया), अरिका रानाभाट (पोखरा), दिक्ता थापा (काठमाडौ), ज्योती भट्ट (बेल्जियम), न्यान्सी खड्का (विराटनगर), निनाकान्त मण्डल (मस्को) रहेका छन्। त्यस्तै, पारामिता राणा (काठमाडौं), परीक्षा विष्ट (धुलिखेल), प्रिया हाडा (सिन्धुपाल्चोक), प्रिया सिग्देल (काठमाडौं), रजनी मिश्र (नुवाकोट), रोज तामाङ, (पोखरा), रोशनी खत्री (ललितपुर), रोजिना श्रेष्ठ (काठमाडौं), सुदाती श्रेष्ठ (ललितपुर), सुजिता बस्नेत (अमेरिका), सुरभी खनाल (अमेरिका) रहेका छन्।
प्रतियोगिताको निर्णायकमा माल्भिका सुब्बा, अनुपमा कुञ्जेली, चारु चड्डा, अभया सुब्बा, उषा रजत र प्रेरणा शाह रहेका छन्।