तीन सवारी आपसमा ठोक्किदा दुईको मृत्यु, दुई गम्भीर

तीन सवारी आपसमा ठोक्किदा दुईको मृत्यु, दुई गम्भीर

जनकपुरधाम : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानी मालटोलमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका ९ धारापानी मालटोलमा भारतीय ट्रक र ईन्धन बोक्ने ट्याङ्कर एक आपसमा जुध्दा घटना स्थलमै दुई जनाको मृत्यु भएको छ भने दुई जाना सख्त घाइते भएका छन् ।

घुमाउँरो बाटोमा पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ४ च ९३१७ नम्बर पिकअप बोलेरोलाई पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बिआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो । सोही क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल ट्याङ्कर भारतीय ट्रकमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । 

दुर्घटनामा परी ट्याङ्कर चालक मोरङ विराटनगरका ३६ वर्षीय अर्जुनकुमार मण्डल र भारतीय ट्रकका २० वर्षीय चालक रगीला कुमारको मृत्यू भएको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका मण्डललाई जनकपुरको प्रादेशिक अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । 

दुर्घटनामा ट्याङ्करका सहचालक विराटनगर ४ का धनराज यादव गम्भीर घाइते भएका छन् । उनको उपचारका लागि विराटनगर लगिएको प्ररहरीले जनाएको छ । भारतीय ट्रकका सहचालकको अवस्था समेत गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइते सहचालकको उपचार प्रादेशि अस्पताल जनकपुरमा भइरहेको छ । 

राति करिब १२ बजे भएको त्रिकोणात्मक दुर्घटना तीव्र गतिका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.