लागुऔषधसहित दुई युवा प्रहरी नियन्त्रणमा

लागुऔषधसहित दुई युवा प्रहरी नियन्त्रणमा

विराटनगर : नेपाल–भारत सीमा क्षेत्रबाट उदयपुर घर भएका दुई युवालाई लागुऔषधसहित प्रहरीले बुधबार साँझ पक्राउ नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ गरेकामा उदयपुरको त्रियुगा नगरपालिका–२ का २१ वर्षीय सुरेन्द्र बस्नेत र १९ वर्षीय अनिष अधिकारी रहेका छन् ।

उनीहरुलाई विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए । उनका अनुसार भारतबाट लागुऔषध बोकेर फर्कदै गरेको अवस्थामा उनीहरुलाई नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । 

शंकास्पद रुपमा भारततिरबाट आउँदै गरेका दुवैजनालाई रोकेर चेकजाँच गर्दा साथबाट लागुऔषध फेला परेका थियो । प्रहरीले उनीहरुको साथबाट एभिल,  लुपिजेसिक र डाइजेल्याब गरेर तीन एम्पुल तथा एक सय पाँच ट्याब्लेट नाइट्राभेट बरामद गरेको छ । पक्राउ परेका बस्नेत र अधिकारीविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन बिहीबार म्याद गरेर अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.