२४ घन्टामा थप ५३४ जनामा कोरोना संक्रमण, ९ को मृत्यु, ४४७ डिस्चार्ज

२४ घन्टामा थप ५३४ जनामा कोरोना संक्रमण, ९ को मृत्यु, ४४७ डिस्चार्ज

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। १९६ महिला र ३३८ पुरुष संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९४ पुगेको छ।  

यस्तै बिहीबार थप ४४७ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९६.८ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या भने ६ हजार ३७८ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ। बिहीबार कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। 

यस्तै अहिले ३६२ जना क्वारेन्टिन र ६ हजार ३७८ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.