प्रदेश २ मा प्रचण्ड-माधव समूहको बहुमत

प्रदेश २ मा प्रचण्ड-माधव समूहको बहुमत

जनकपुरधाम : नेकपामा प्रचण्ड–नेपाल समुहको पहिलो प्रदेश भेलाबाट प्रदेशसमिति, सांसद, स्थायी, केन्द्रिय समितिमा आफ्नो बहुमत भएको दाबी गरेको छ। प्रचण्ड–नेपाल समूहले आयोजना गरेको प्रशिक्षण तथा बैठकमा ओलीको प्रतिगमनकारी कदमको विरोध गर्न कार्यकर्तालाई निर्देशन दिए।

स्थायी समिति सदस्य विश्वनाथ साहको अध्यक्षतामा भएको बैठक स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अराजक ओलीलाई सडक संघर्षबाट प्रतिगमन रोक्न दबाब दिनुपर्ने बताए। पूर्वमन्त्रीसमेत रहेका पोखरेलले पार्टीको आन्तरिक बहस र छलफललाई संसदमा छिराउनु अराजक मासिकता रहेको बताए। उनले भने, ‘ओली जाली फटहा र झुठोको  खेती गरेर संसद भंग गरेर राजनीतिक बेईमानी र असंवैधानिक कदमको भर्पाई गर्नुंपर्छ।’ 

पोखरेलले ओलीले संविधानलाई नै डेन्जर जोनमा राखेर नीति स्वार्थपूर्तीमा लागेको बताए। नेकपाका स्थायी समिति सदस्य मातृकाप्रसाद यादवले कम्यूनिष्ट पार्टीको सिद्धान्त, विचार, मर्म र माक्र्सवादी नीतिलाई समेत अवलम्बनै नगरी शक्ति संचयको नाममा शक्ति सन्तुलनको मर्ममाथि प्रहार गरेका धारणा राखे। 

प्रदेश २ को आठै जिल्लाका प्रतिनिधिहरुको रिपोटिङ्गपछि पूर्वमन्त्रीसमेत रहेका यादवले ओली प्रवृतिले कम्यूनिष्ट पार्टीको नाममै कलंक लागेको बताए। उनले भने, ‘ओलीले कम्युनिष्टमाथि लगाएको कलंक कालो अक्षरले इतिहासमा लेखिन्छ, जसरी खल्तीबाट केन्द्रिय सदस्य र मन्त्रीको भर्ना हुँदैछ, ओलीको लोभले कतिपय साथीहरु अलमलमै हुनुहुन्छ’ उनले भने। 
‘हामी सडक संघर्षका लागि तयार रहौँ, कतैबाट कसैले अवरोध खडा गरे प्रतिरोध गरौं, पिएचडी गरेकाहरु बयलगाडामा चन्द्रमा लिएर जान्छु भन्न लगाएर चाकडी गर्छन्, त्यसैले ति चाकरी गर्नेहरुको पछि नपरौँ र भ्रममा नरहौँ, नेकपा विभाजन पश्चात प्रचण्ड–माधव समूह बहुमतीय रहेकाले सुर्य र नेकपा हामीले पाउछौं’ उनले भने।

नेकपा केन्द्रिय सदस्य तथा पूर्वमन्त्री महेन्द्र पासवानले ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधान माथीको राजा बन्न खोजेको आरोप लगाए। ‘ओलीले संसद विघटन गरेर अवसानतर्फ उन्मुख भएको छ, अब उनको पतन निश्चित छ’ उनले भने। 

प्रदेश स्तरीय बैठक तथा प्रशिक्षणमा प्रदेशका ८ जिल्लाको ३२ प्रदेशसभा सदस्यमध्ये २० जना, ४ जना स्थायी समिति सदस्यमध्ये ३ जना र ६८ केन्द्रिय सदस्यमध्ये ४५ जना प्रचण्ड–माधव समुह पक्षमा रहेको मेयर तथा प्रदेश समिति सदस्य उदय बरबरिया यादवले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.