हामी नेकपाको संस्थापन हौँ, प्रचण्ड-नेपालको पछि नलाग्नुहोस् : मुख्यमन्त्री गुरुङ

हामी नेकपाको संस्थापन हौँ, प्रचण्ड-नेपालको पछि नलाग्नुहोस् : मुख्यमन्त्री गुरुङ

बेंसीसहर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ओली नेतृत्वकै नेकपा संस्थापन पक्ष भएकाले सबै नेता कार्यकर्तालाई त्यतै लाग्न आग्रह गरेका छन्।

बिहीबार लमजुङ सदरमुकाम बेसीसहरमा आयोजित कार्यकर्ता भेलालाई संबोधन गर्दै मुख्यमन्त्री गुरुङले प्रचण्ड–नेपाल समूहका नेता मात्रै भएको आरोप लगाए। ‘पहिलो अध्यक्ष र महासचिव भएको पार्टी नै संस्थापन पक्ष हुन्छ’, नेता गुरुङले भने, ‘संस्थापन पक्ष हामी नै भइसकेपछि प्रचण्ड–नेपाल समूहमा लागेका सबै नेता कार्यकर्ता हामी तिरै आउनुहुन्छ भन्ने मलाई विश्वास छ।’

संसदीय दलको नेतालाई थाहै नदिई विशेष अधिवेशनको माग गर्ने र अविश्वासको प्रस्ताव दर्ता गर्ने काम हामीबाट गल्ती भयो भनेर पार्टीमा फर्किन चाहे प्रचण्ड–नेपाललाई माफी दिन सकिने उनले बताए। 

‘उहाँहरु (प्रचण्ड–नेपाल) लाई अहिलेसम्म कारबाही गरेको छैन्’, नेता गुरुङले भने, ‘तर, संसदीय दलको नेतालाई थाहै नदिई अविश्वासको प्रस्ताव ल्याउने, विशेष अधिवेशन बोलाउने काम गर्दा दलको नेतालाई कारबाही गर्ने अधिकार छ।’ 

मुख्यमन्त्री गुरुङले संसद विघटनपछि निर्वाचनमा जाने कुरा असंवैधानिक नभई लोकतान्त्रिक बाटो भएको बताए। जनप्रतिनिधिमा समस्या हुँदा मुलुकको निर्णायक अधिकार जनतामा नै हुने भएकाले लोकतन्त्रमा जनताको अधिकारको सहि प्रयोगका लागि निर्वाचनको विकल्प नभएको उनको भनाइ छ । 

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश कमिटी सचिव गोविन्द नेपाली, केन्द्रीय सदस्य मायानाथ अधिकारी, टुका हमाल, जमिन्द्रमान घले, प्रदेश कमिटी सचिवालय सदस्य मोहनहरि पौडेल, जिल्ला सचिव धनञ्जय दवाडीलगायतले मन्तव्य राखेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.