‘चिसो अझै बढ्न सक्छ’

‘चिसो अझै बढ्न सक्छ’

काठमाडौं : काठमाडौं उपत्यकाको तापक्रम बिहीबार शून्यमा झरेको छ। बिहीबार बिहानको तापक्रम ०.८ डिग्री मापन भएको छ। यो तथ्यांक यस वर्षकै कम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत मंगलबार उपत्यकाको न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियस थियो। गत वर्ष डिसेम्बर ३१ तारिखमा उपत्यकाको न्यूनतम तापक्रम १.५ डिग्री रेकर्ड भएको थियो।

मध्य हिउँदको अवधि अझै बाँकी रहेकाले चिसो अझै बढ्न सक्ने महाशाखाका अधिकारीको ठहर छ। ‘हिउँदे वर्षा अझै भएको छैन। वर्षासँगै उच्च भेगमा हुने हिमपातको प्रभावले स्वाभाविक रूपमा देशैभर चिसो बढ्छ’, महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाले भने। अहिले पश्चिमी वायु बलियो नभएकाले तत्काल हिउँदे वर्षाको सम्भावना नरहेको सापकोटाले बताए।

वर्षा नभए पनि काठमाडौं उपत्यकासहित अन्यत्र तापक्रम घट्नेक्रम जारी छ। बिहीबार जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५, दिपायलको ०.४, वीरेन्द्रनगरको १.९ डिग्री मापन भएको छ। मौसमविद् अंग्रेजी महिनाका डिसेम्बर, जनवरी र फेब्रअरीलाई मध्य हिउँदे अवधिका रूपमा बुझ्ने गर्छन्। भू–मध्य सागरको वायु अफगानिस्तान, पाकिस्तान, भारतको जम्मु कस्मिर हुँदै मुलुकको सुदूरपश्चिमी भेगबाट प्रवेश गर्छ। सोही प्रभावले नेपालसहित छिमेकी मुलुकमा हिमपात र हिउँदे वर्षा हुने गर्छ। सो प्रभाव अहिले कमजोर भएकाले हिउँदे वर्षाको असर नदेखिएको मौैसमविद् बताउँछन्।

डिसेम्बरमा काठमाडौं उपत्यकाको औसत वर्षाको मात्रा १३.२ मिलिमिटर हो। जलवायु परिवर्तनको प्रत्यक्ष÷अप्रत्यक्ष प्रभावले केही वर्षयता हिउँदे झरी हिउँदयामको अन्त्यतिर धकेलिन थालेकाले झरीसँगै न्यूनतम तापक्रम खस्किने वरिष्ठ मौसमविद् मणिरत्न शाक्यको ठहर छ। ‘गत वर्ष मंसिरमै मेघ गर्जनसहित वर्षा भएको थियो, यसपटक मध्य पुसमा पनि परेको छैन’, शाक्यले भने, ‘ढिलोछिटो पानी पर्छ, पानी परेपछि चिसो बढ्ने सम्भावना धेरै हुन्छ।’

हिन्द र प्रशान्त महासागरसहित दक्षिण एसियाको समग्र मौसमी अवस्था विश्लेषण गरेर विज्ञले मनसुन र हिउँदे वर्षाको दृष्टिकोण बनाउने गर्छन्। प्रशान्त महासागरको पूर्वी भेगको पानी औसत भन्दा बढी तात्ने प्रक्रिया (एलनिनो) कमजोर बन्दा हिउँदे वर्षा ढिलो र कमजोर बनेको विज्ञहरूको बुझाइ छ। सो सागरको पानी औसतभन्दा कम तात्ने प्रक्रिया (ल्यानिना) भएमा हिउँदे वर्षा र मनसुन प्रभावित नहुने मौसमविद् शाक्यले बताए। ‘अहिले एलनिनो कमजोर र सक्रिय नभइ ‘न्यूट्रल’ अवस्थामा छ, करिब एक÷डेढ महिनापछि भने ल्यानिनातर्फ ढल्किने अन्तर्राष्ट्रिय अनुसन्धानले देखाइरहेको छ’, उनले भने।
 
शीतलहर अझै भित्रिएको छैन
केही दिनयता तराईका भू–भागमा बाक्लो हुस्सुले जनजीवन प्रभावित भइरहेका बेला मौसमविद्हरू भने अझै शीतलहर सुरु नभएको बताउँछन्। तराईमा अहिले बाक्लो हुस्सु मात्रै लागेको महाशाखाका मौसमविद् सापकोटाले बताए। ‘तराईमा स्वाभाविक रूपमा तापक्रम घटेर चिसो बढेको हो, शीतलहर सुरु भएको भनेर घोषणा गर्न हतार हुन्छ’, उनले भने।

३ दिन अथवा ४८ घण्टासम्म सामान्य घामसमेत नलागेर, बाक्लो हुस्सुसँगै दिउँसै पानी परेझैँ भएमा मात्रै शीतलहरको प्रभाव भन्न मिल्ने सापकोटाले बताए। उनले भने, ‘तराईको अवस्थाबारे हरेक दिन हामी अनुगमन गरिरहेका छौँ, ढिलोमा १२÷१ बजेपछि मौसममा सुधार आइरहेकाले शीतलहर भनिहाल्न मिल्दैन।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.