प्रमिलाको गीतमा ओम र मेरिना

प्रमिलाको गीतमा ओम र मेरिना

हङकङ : पहिलो नेपाल आइडल टप सात प्रमिला राईको स्वर रहेको गीत सार्वजनिक भएको छ। 

हङकङलाई कर्मथलो बनाएका मज्जाको राईको शब्द, मबिन्द्र राईको संगीत र महाराज थापाको एरेन्जमा तयार गीत भिडियोसहित सार्वजनिक गरिएको हो। 

पूर्वको सुन्दर पहाडी लोकेसन धरान, तमोर, तेह्रथुमलगायतका ठाउँमा भिडियो खिचिएको छ। गाउँघरका युवा जोडी, उनीहरूबीचको मौन प्रेम र संगम नै भिडियोको थिम रहेको संगीतकार तथा भिडियो निर्देशक मबिन्द्र राईले बताए। 

शब्दलाई दृश्यमा समायोजन गर्न भिडियोका लागि नेपालको पूर्वी क्षेत्र रोजिएको हो। ‘फोटो, भिडियो पत्रकारिताको लामो अभ्यासपछि नेपाली संगीतमा ठेट पूर्वेली भाकाको इटा थप्ने प्रयास गरेका छौं’, रचनाकार राई भन्छन्, ‘दर्शकले अवश्य मन पराउने छन्।’ 

भिडियोमा हङकङको नेपाली समाजका मोडल ओम गुरुङलाई मेरिना राईले साथ दिएकी छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.