राष्ट्रिय सभामा डेनिस कथा सुनाउँदै जितेन्द्र देवले भने- ‘महाराजा त नाङ्गै होइबक्सिन्छ’

राष्ट्रिय सभामा डेनिस कथा सुनाउँदै  जितेन्द्र देवले भने- ‘महाराजा त नाङ्गै होइबक्सिन्छ’

काठमाडौं : राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन्।

शुक्रबार सुरु भएको राष्ट्रिय सभाको सातौं बैठकलाई सम्बोधन गर्दै नेता देवले यस्तो बताएका हुन्। उनले संविधानको धारा ७६ को १ देखि १० सम्मको उपधाराभित्र बहुमतको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको प्रष्ट पारे। 

संसद् विघटनअघि सम्पूर्ण अधिकार संसदलाई नै दिनुपर्छ भनेर संविधानमै प्रष्ट भएको उनले सुनाए। यसअघि भएका संसद भंगका घटनालाई हेरेर नै संविधानको धारा ७६ मा १० वटा उपधारा राखिएकोसमेत उनले उल्लेख गरे। उनले जनताको सार्वभौमसत्तामाथि एउटा कार्यकारी प्रधानमन्त्रीले आक्रमण गर्न नहुने बताए।

बैठकमा डेनिस राइटरको ‘महाराजको नयाँ लुगा’ शीर्षकको एउटा कथा सुनाउँदै नेता देवले प्रधानमन्त्री ओलीको प्रवृत्ति गलत भएको बताए । बैठकमा उनले सन् १८३७ मा एक डेनिस लेखकले लेखेको कथाको सम्झना गरेका हुन् ।  

उक्त कथामा महाराजालाई नयाँ लुगा लगाइदिएर अन्धभक्तले बजार घुमाएको र 'आहा क्या राम्रो लुगा लगाउनुभएको' भन्दै प्रशंसा गरेको तर, सहर घुम्दाघुम्दै चोकमा बसेको एक बालकले ‘हाम्रो महाराजा त नाङ्गै होइबक्सिन्छ’ भनेको कुरालाई उनले सम्झना गरेका हुन् । अहिले केपी ओलीको अवस्था त्यही भएको उनले व्यङ्ग्य गरे ।

कथा सुनाइसकेपछि उनले भने, ‘मैले प्रतिनिधिसभा विघटन गरेर ठिक गरेँ। संवैधानिक गरे भन्दै हुनुहुन्छ। तर, पूरा देश यो असंवैधानिक छ भनिराखेको छ। संविधानको धारा ७६ को उपधारा १ देखि १० सम्म हामीले पढ्ने हो भने यो असंवैधानिक छ । यो विषय सम्मानित अदालतमा पुगेको छ । यसबारे यहाँभन्दा धेरै नबोलौँ ।’  

नेता देवले पार्टी भित्रको समस्यालाई लिएर देशलाई खाल्डोमा हाल्ने काम प्रधानमन्त्री ओलीले गरेको आरोपसमेत लगाए। उनले उखु किसानको आन्दोलनकै क्रममा मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै सरकारलाई उनीहरुको मागमा गम्भीर बन्न आग्रह गरेका छन् ।  

उनले सरकारले फोन ट्यापिङको काम सरकारले गरेको भन्दै यो विषयमा गम्भीर ध्यानाकर्षण भएकोसमेत बताएका छन् । यो काम सरकारले गरेको भए त्यो अपराध भएको उनले बताए । 
त्यसैगरी उनले नेपालमा परराष्ट्र नीतिको विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए । अहिले परराष्ट्र र जलस्रोत नीतिमा सरकार एकल ढंगले अगाडि बढेमा विदेशीले खेल्ने बाटो पाएकोसमेत बताएका छन् । उनले यस्ता विषयमा राष्ट्रिय रुपमा छलफल हुनुपर्नेमा जोड दिएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.