बारबाट पाँच जना ‘एमिकस क्युरी’

बारबाट पाँच जना ‘एमिकस क्युरी’

काठमाडौं : नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा इजलासलाई स्वतन्त्र सहयोगीका रूपमा बहस गर्न पाँच जना वरिष्ठ अधिवक्तालाई सिफारिस गरेका छन्।

सर्वोच्च बारले शुक्रबार वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी र पूर्णमान शाक्यको नाम सिफारिस गरेको हो। अधिवक्ता अधिकारी उक्त बारका निवर्तमान अध्यक्ष हुन् भने शाक्य नवनिर्वाचित अध्यक्ष। सर्वोच्च अदालतको संवैधानिक इजलासले माग गरेअनुरूप नेपाल बारले तीन र सर्वोच्च अदालत बारले दुई गरी पाँच जनाको नाम पठाएका हुन्।

बारले एमिकस क्युरीका रूपमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीलाई सिफारिस गरेको छ। कार्की तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा महान्यायाधिवक्ता भएका थिए। खरेल बारका पूर्वमहासचिव हुन्। मैनाली बारकै पूर्वकोषाध्यक्ष हुन्।

प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित दायर झन्डै दर्जन रिटमा सर्वोच्चमा पुस २२ गते सुनुवाइका लागि पेसी तय भएको छ। एमिकस क्युरीले राष्ट्रिय÷अन्तर्राष्ट्रिय अभ्यास, सर्वोच्चका पूर्वनजिर, संवैधानिक मान्यतासहित स्वतन्त्र र निष्पक्ष राय उपलब्ध गराउने प्रचलन छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.