स्काभेटर पल्टिंदा चालकको मृत्यु
बैतडी : बैतडीमा स्काभेटर दुर्घटना हुँदा अपरेटर( चालक)को मृत्यु भएको छ। पाटन—पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका ३ ठूलाखोलामा स्काइभेटर दुर्घटना हुँदा कैलालीको निगालीका २५ वर्षीय चालक हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।
बा २ क २०६ नम्बरको स्काइभेटरबाट क्रसर मेसिन अनलोड गर्ने क्रममा एक्कासी स्काइभेटर पल्टिएको प्रहरीले जनाएको छ। शनिबार दिउँसो २ बजेतिर सो दुर्घटना प्रहरीले जनाएको छ। स्काइभेटर सडकबाट करिब ३० मिटर तल खसेको बताइएको छ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको प्रहरी प्रवक्ता धामीले जानकारी दिए।