२०१७ सालकै मुद्दा दोहोरियोः मन्त्री ढकाल

२०१७ सालकै मुद्दा दोहोरियोः मन्त्री ढकाल

नुवाकोट : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले देशमा षडयन्त्रका कारण २०१७ सालकै मुद्दा दोहोरिएको बताएका छन् । मन्त्री ढकालले देशलाई अस्थिरतामा लैजाने षड्यन्त्रका कारण एक पक्षले २०१७ सालकै प्रकृतिको मुद्दा दोहोर्या‍एको बताएका छन् । 

नुवाकोटको सदरमुकाम बिदुरस्थित नेकपा पार्टी कार्यालयमा शनिबार संचारकर्मीसंगको भेटमा मन्त्री ढकालले प्रतिनिधिसभा विघटन सम्बिन्ध विषय सर्वोच्च अदालतमा विचाराधिन भएकाले सबैलाई सर्वोच्चको फैसला स्वीकार्य हुने बताए । 

मन्त्री ढकालले सरकार दृढ इच्छाशक्तिका साथ निर्वाचनको तयारीमा लागेको उल्लेख गर्दे प्रतिनिधिसभा पुर्नस्थापना भए बाँडिचुँडी खान पाइन्छ भन्ने सोच भएका पुर्नस्थापनको नाममा आन्दोलनमा उत्रिएको बताए । उनले नेकपा विभाजित भएको नभई पुनर्गठन प्रकृयामा अघि बढेको उल्लेख गर्दे पार्टी विधान अनुसार अध्यक्ष र महासचिवको परामर्शमा गरिएको पुनर्गठनलाई केन्द्रीय समितिले अनुमोदन गरिसकेकाले अब सम्पूर्ण पार्टीपंक्ति निर्वाचनमा होमिने स्पष्ट पारेका छन् ।

 नुवाकोटको विदुरमा शनिवारै मन्त्रि ढकालले नेकपा विदुर नगरस्तरिय कार्यकर्ता भेलाकोसमेत उद्घाटन गरे । त्यस क्रममा उनले देशमा घोषित मितिमै चुनाव हुने दाबी गरे । 

प्रधानमन्त्रीलाई काम नै गर्न नदिएका कारण ताजा जनादेशमा जानुको विकल्प नभएको र जनतासँग डराउनेहरुले निर्वाचन हुँदैन भन्दै षडयन्त्र गरिरहेको मन्त्री ढकालको भनाइ छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.