आकृतिलाई तामाङको ताज
काठमाडौं : मिसेस तामाङ–२०२० को उपाधि आकृति तामाङले पहिरिएकी छन्। उनले ताजसँगै मिसेस पपुलर र मिसेस पर्सनालिटीको टाइटलसमेत पोल्टामा परेकी हुन्। त्यसैगरी क्रान्ति लामा योञ्जन फस्र्ट रनरअप, पब्लिक च्वाइस र मिसेस कन्फिडेन्ट, मीनाकुमारी तामाङ सेकेन्ड रनरअप र मिसेस फ्रेन्ड्ली, मुना तामाङ थर्ड रनरअप र बेस्ट वाकको उपाधि जित्न सफल भए।
प्रमुख अतिथि बागमती प्रदेशका उपसभामुख राधिका तामाङको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा विशेष अतिथिहरू पूर्वमन्त्री परशुराम तामाङ र माननीय धनबहादुर घले थिए। विगत तीन वर्षदेखि एसके इन्टरटेनमेन्ट प्रालिले मिसेस तामाङ आयोजना गर्दै आएको छ। प्रतियोगिताको निर्णायकमा केशव थापा, शान्ति वाइबा तामाङ, रोशन तामाङ, वीरेन्द्र वाइबा तामाङ र प्रमुख निर्णायकमा प्रभात तामाङ थिए।
प्रतियोगिताका विजेताले ५०, २५, १५ र १० हजार नगदसहित विभिन्न उपहार पाएका थिए। तामाङ जातिको कला–संस्कृति, भेषभूषा, रीतिरिवाज एवं रहनसहन उजागर गर्दै विवाहित गृहिणी र व्यावसायिक तामाङ महिला दिदीबहिनीमार्फत अन्य जनजाति, समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।