असुरक्षित मूर्ति

असुरक्षित मूर्ति

गुम्बाको पहिचान रुपैंयाँसँग मात्रै नभई मुलुकको उत्पत्ति, विकास र सभ्यतासँग जोडिएको छ। हिमाली क्षेत्रमा भेटिने हजारौं वर्ष पुराना गुम्बा र त्यसभित्र सजिएका मूर्ति, चित्र, ग्रन्थ आदिले यही दृष्य झल्काउँछ। पछिल्लो समय मूल्यवान् मानिने यस्ता सामग्री चोरीका घटना बढ्न थालेका छन्। जसका कारण गुम्बा रित्तिने अवस्थामा पुगेका छन्। गुम्बाकै कारण चर्चित कतिपय जिल्लाको परिचयसमेत संकटमा परेको छ। यस्ता महत्वपूर्ण निधिको संरक्षण र संवद्र्धन गर्न ढिला भइसकेको छ। यसतर्फ सरोकारवालाको ध्यान जानु जरुरी छ।

हजारौं वर्षअघि स्थापना भएका थुप्रै गुम्बा यतिखेर जीर्ण अवस्थामा छन्। भग्नावशेष भवन हेर्दा जीर्ण देखिए पनि यी भवनमा पैसासँग दाँज्नै नसकिने बहूमूल्य संरचना छन्। यिनको सुरक्षातर्फ प्रशासनले चासो दिन सकेको छैन। प्रशासनको कमजोरीको फाइदा चोरी सिकारी गर्न पल्केकाहरूले उठाइरहेका छन्। चोरीमा संलग्नमध्ये निकै थोरैलाई मात्रै कारबाही प्रक्रियामा ल्याइएको छ भने अधिकांश तस्करीका घटना त्यत्तिकै सेलाइरहेका छन्। यसको असर विशेषगरी डोल्पा, सोलुखुम्बु, हुम्ला, जुम्ला, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लामा परेको छ। अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको पहिचान झल्काउन अतुलनीय योगदान दिइरहेका यस्ता सम्पदालाई कुनै धर्म विशेषको पहिचानसँग मात्रै नजोडेर मुलुककै सम्पत्ति सम्झेर जगेर्ना गर्न आवश्यक छ।

मूर्ति चोरीका घटना विशेषगरी हिमाली भेगका उच्च स्थानमा रहेका गुम्बामा हुने गरेको छ। चोरी भएका कतिपय मूर्ति लामो समयपछि विदेशी सहरमा समेत भेटिने गरेका छन्। स्वदेशबाट चोरी गरेर धेरै मूल्यमा बेचिएका कारण मूर्ति विदेशसम्म पुर्‍याइएका हुन्। यतिखेर हिमाली भेगमा रहेका थुप्रै गुम्बा हिउँले ढाकिएको छ। जहाँ मानिस बस्नै नसक्ने अवस्था छ। क्याम्प खडा गरेर बसेका प्रहरीसमेत सुरक्षित बसाइका लागि तल्लो भेगमा झर्ने गर्छन्। यही मौकामा चिनियाँ नाकाबाट आएका तस्करले मूर्ति चोर्ने गरेका छन्। कतिपय घटनामा स्थानीय बासिन्दा आफैं पनि चोरीमा संलग्न हुने गरेका छन्। केही जिल्लामा त मूर्ति चोरीमा संलग्न रहेको आरोपमा जनप्रतिनिधिले समेत जेलजीवन बिताइसकेका छन्। त्यति मात्रै होइन, गुम्बा भ्रमणको बहानामा आउनेबाट पनि मूर्ति तथा महत्वपूर्ण धातुको सुरक्षा चिन्ता थपिने गरेको छ। विदेशबाट घुम्न आउनेहरूले गुम्बाको भित्तामा कोरिएको ऐतिहासिक चित्रको फोटो खिच्ने र फोटो खिचिसकेपछि लुकिछिपी भित्ताका ती चित्रको आकृति बिगारिदिने वा मेटिदिने समेत गर्छन्। आफूले फोटो खिचेर सोहीअनुसार अर्को चित्र बनाएर धेरै मूल्यमा बेच्ने तर नेपालको संरचना भने मास्न उद्यत रहेका यस्तै गिरोहको निसानाबाट पनि गुम्बालाई जोगाउन कठिन भएको छ।

गुम्बाको संरक्षण तथा प्रवद्र्धनका लागि थुप्रै सरकारी तथा गैरसरकारी संस्थाले अभियान सञ्चालन गरिरहे पनि प्रभावकारी हुन सकेको छैन। यसको एउटै कारण पर्याप्त सुरक्षा प्रबन्ध हुन नसक्नु हो। जतिसुकै चेतनामूलक अभियान चलाए पनि वा चोरीमा संलग्नलाई पक्रेर कारबाही गरे पनि तस्करको समूहले मौका पाएको अवस्थामा गुम्बाको अस्तित्व सम्झेर मूर्ति चोर्न छोड्दैनन्। पहिलो कुरा त मुलुकभर कति गुम्बा छन् र ती गुम्बाभित्र कति बहूमूल्य धातु तथा अन्य सम्पत्ति छन् भन्ने एकिन हुनुपर्छ। सोही अनुसार स्थानीय प्रशासनले सुरक्षामा ध्यान दिनुपर्छ। गुम्बा रहेको स्थानमा सुरक्षित बासस्थानको व्यवस्था गरेर बाह्रै महिना सुरक्षाकर्मीको उपस्थितिको ग्यारेन्टी गर्नुपर्छ। यसका लागि स्थानीय बासिन्दासँग पनि सहकार्य जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.