‘गीतकार सरकारमा, गायक सडकमा’

‘गीतकार सरकारमा, गायक सडकमा’

काठमाडौं :  माइतीघर मण्डलामा दिनहुँ जसो प्रर्दशन भैरहन्छ। सरकारका कार्यको विरोधदेखि समर्थन गर्न पनि मानिस माइतीघरमा नै जम्मा हुन्छन्। सरकारलाई आफ्नो आवाज सुनाउने उपयुक्त स्थान बनेको छ माइतीघर मण्डला।   

पछिल्लो केहि दिनदेखि माइतीघर फेरि अशान्त बनेको छ। संसद् विधटन भएपछि सरकारको पछिल्लो कामको विरोध गर्दै हरेक दिनजसो आन्दोलन भइरहेको छ। उखु किसानले महिनौं आन्दोलन गरे। बृहत नागरिक समाजले पनि सांकेतिक रुपमा विरोधका अनेक शैली पछ्यायो। शनिबार दिउँसो भने माइतीघरमा जनवादी गायक प्रदिप देवानको आवाज गुन्जियो। 

अरुण तरेर नाना तमोर तरेर....आयौ हामी वीरताको गाथा बोकेर

माओवादी जनयुद्धताका निकै चर्चित गीत हो यो। मणी थापाको शब्दमा प्रदिप देवानले स्वर दिएका थिए। गीत रेर्कड गर्दाको सन्दर्भ जोड्दै गायक प्रदिप देवानले भने, ‘गितकार प्रतिगमनको सरकारमा, गायक सडकमा।’ प्रगतिशिल गीतकार मणी थापा अहिले सत्तामा छन्। उनले लेखेको गीत उनकै सरकारको विरोधमा सडकमा गुन्जिरहेको छ। प्रदिपको गीत गाएसँगै मण्डलामा उपस्थित कलाकार, लेखक, बौद्धिक व्यक्तित्वहरु ताली बजायर उनको सर्मथन गरिरहेका थिए। 

यसै क्रममा भीडबाट एकएक गरी निस्किए कालो लुगा लगाएका केही मानिस। उनीहरु बाहिर निस्किएर विभिन्न पात्रको भूमिकामा उभिए । कोही जोकर बने भने शासकको हुलियामा थिए। कोही गोली ताक्दै हिंड्ने तानाशाह बनिरहेका थिए। शिल्पी थियटरका कलाकारहरुले 'प्रतिगमन' शीर्षकको नाटक सडकमै प्रदर्शन गरे। 

काटुनिष्ट रवि मिश्रको अवधारणा र घिमिरे युवराजको निर्देशन रहेको नाटकमा कुर्सीमा पुगेपछिको शक्ति मोहलाई देखाइएको थियो। बीच सडकमा प्रदर्शन भएको नाटकमा विभिन्न रंगहरुका डोरीले कुर्सीलाई बाँधिएको थियो। कुर्सीमा एक शासक बसिरहेको छ। उसले आफूभन्दा तलका मानिसलाई कसैको कपाल तानेर घिच्चाउँदै थियो, कसैलाई घोक्र्याएर लैजाँदै थियो, निरन्तर अत्याचार गरिरह्यो। 

नाटकमा विभिन्न चरण पार गर्दै शासकको सत्ता ढल्छ र कुर्सी खाली हुन्छ। कुर्सीमा बस्न तछाड मछाड गरिरहेका आसेपासेलाई चक्मा दिंदै एक जोकर पुन सत्तामा पुग्छ। जोकरको हातमा सत्ता पुगेपछि उसले सत्ताको मेरुदण्डलाई भाँचेर छाड्छ भन्ने सन्देश नाटकमा छ। 

कार्यक्रममा बोल्ने अधिकांशले सरकारमा सही मान्छे नपुगेर नेपाली जनताले सदैव दु:ख पाइरहेको बताउँदै यसका लागि सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए। लेखक युग पाठकले संयोजन गरिरहेको बृहत नागरिक आन्दोलनमा विभिन्न नयाँ प्रयोग गरिएको थियो। यही पुस ११ गतेदेखि सुरु भएको पहिलो चरणको आन्दोलन शनिबार प्रतिगमन नाटक प्रदर्शनसँगै समाप्त गरियो। 

विभिन्न चरणको आन्दोलनमा कहिले शंख बजायर प्रदर्शन गरियो त कहिले च्याब्रेङ त कहिले महिलाहरुको टोलीले नौमती बजाए। कहिले कविता मार्फत खवरदारी गरियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.