पत्नी सीताको उपचारका लागि प्रचण्ड भारत जाँदै
काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीताको उपचारका लागि भारत जाँदैछन् । सोमबार सीतालाई लिएर मुम्बई जान लागेको प्रचण्डको सचिवलायले जनाएको छ।
अस्वस्थ्य भएपछि केही दिनअघि सीतालाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि सीतालाई आज भारतको मुम्बई लैजान लागिएको हो । उनको साथमा छोरी गंगा दाहाल पनि रहने प्रचण्डको सचिवालयले जनाएको छ ।