भक्तपुरमा कोरोना संक्रमित ९,२१६ पुगे, १२४ को मृत्यु

भक्तपुरमा कोरोना संक्रमित ९,२१६ पुगे, १२४ को मृत्यु

भक्तपुर : भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण एकसय २४ जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबारसम्ममा ८० जना पुरुष र ४४ जना महिला गरी कोरोना भाइरस संक्रमणका कारण एकसय २४ जनाको मृत्यु भएको हो।

कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी भक्तपुर नपाका ४५ जना संक्रमितको मृत्यु भएको जानकारी दिए। जसमा पुरुष २९ र महिला १६ जना रहेको उनले बताए।‘भक्तपुरपछि मध्यपुर थिमि नपाका २६ जना पुरुष र १५ जना महिला गरी ४१ जना संक्रमितको मृत्यु भएको छ’, प्रमुख मिजारले भने, ‘त्यस्तै सूर्यविनायक नपाका १७ पुरुष र १३ महिला गरी ३० तथा चाँगुनारायण नपाका ७ पुरुष र एक महिला गरी ८ जनाको मृत्यु भएको छ।’
भक्तपुरमा कूल संक्रमितको १.३४ प्रतिशत मृत्यु भएको छ। जुन राष्ट्रिय मृत्युदरको दोब्बर हो। नेपालको कूल कोरोना मृत्युदर ०.६ प्रतिशतमा रहँदै आएका छन।

कार्यालयका अनुसार आइतबारसम्म भक्तपुरमा कूल संक्रमितको संख्या ९ हजार २ सय १६ पुगेका छन्। जसमा पुरुष ५ हजार एकसय ९८ र महिला ४ हजार १८ रहेका छन्।

यहाँका चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपामा संक्रमितको संख्या ३ हजार ३ सय ८७ जना पुगेका छन्। जसअनुसार एकहजार ८ सय ७१ पुरुष र एकहजार ५ सय १६ महिला रहेका छन्।

सूर्यविनायक नपामा एकहजार ७ सय १३ पुरुष र एकहजार २ सय ५५ महिला गरी कूल २ हजार ९ सय ६८ जना संक्रमित पुगेका छन्। त्यस्तै भक्तपुर नपामा ९ सय ३० पुरुष र ८ सय २३ महिला गरी एकहजार ७ सय ५३ र चाँगुनारायण नपामा ५ सय २० पुरुष र ३ सय १७ महिला गरी ८ सय ३७ जना संक्रमित पुगेको स्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ।

९५ प्रतिशत डिस्चार्ज

कूल संक्रमितमध्ये भक्तपुरका ९५ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन्। जसअनुसार ४ हजार ९ सय २७ पुरुष र ३ हजार ८ सय ३७ महिला गरी कूल ८ हजार ७ सय ६४ जना संक्रमित डिस्चार्ज भएका हुन्।

भक्तपुरमा चार नपामध्ये मध्यपुर थिमिका ३ हजार २ सय १७, सूर्यविनायक नपाका २ हजार ८ सय ५, भक्तपुर नपाका एकहजार ६ सय ८५ र चाँगुनारायण नपाका ८ सय एकजना डिस्चार्ज भएका छन्। 

सक्रिय संक्रमित ३ सय २८

भक्तपुरमा कोरोना भाइरसका सक्रिय संक्रमित ३ सय २८ मा झरेको छ। जसअनुसार आइतबारसम्म यहाँ एकसय ९१ पुरुष र एकसय ३७ महिला गरी ३ सय २८ जनामात्रै सक्रिय संक्रमित रहेका हुन्।

सक्रिय संक्रमितमध्ये ९२.६८ प्रतिशत होम आइसोलेसनमा रहेका छन्। यहाँका एकसय ७६ पुरुष र एकसय २८ महिला गरी ३ सय ४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय प्रमुख मिजार बताउँछन्।

‘भक्तपुरका १५ पुरुष र ९ महिला गरी २४ जनामात्रै अस्पताल तथा नपाले सञ्चालन गरेको आइसोलेसनमा छन्’, उनले थपे। उनले पछिल्लो समय कन्ट्याक्ट ट्रेसिङमा कमी आएसँगै संक्रमितहरुको संख्यामा भारी गिरावट आएको जानकारी दिए।

लक्षण देखिएर धेरै सारो नभएसम्म कोरोना भाइरस परीक्षण गराउने तथा अस्पताल जाने क्रम घटेकाले पनि संक्रमितहरुको संख्या घटिरहेको उनको भनाइ छ। तर धेरै सारो भएपछि मात्रै अस्पताल जाँदा ढिलो भएर पछि मृत्युसमेत हुनसक्नेतर्फ भने सबै सचेत हुनुपर्नेमा प्रमुख मिजारले जोड दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.