नेपालको अध्यक्षतामा नेकपा स्थायी कमिटी बैठक बस्दै

नेपालको अध्यक्षतामा नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको स्याथी कमिटी बैठक बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा  पार्टीको राजनीतिक तथा सांगठनिकलगायतका विषयमा र कार्यदल सदस्यहरुका बारेमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए ।

आजको बैठकमा भने प्रचण्ड सहभागी छैनन। पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत गएपछि अध्यक्ष माधप नेपालले बैठकको अध्यक्षता गर्नेछन्। पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन र एकता एकीकरणका बाँकी काम सम्पन्न गर्ने गरी प्रस्ताव तयार पार्न दाहाल–नेपाल समूहले अध्यक्ष माधव नेपालको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन गरेको छ। 

आइतबार जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नेपालको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरेको हो। यस्तै हिजोको बैठकले नेकपा (दाहाल–नेपाल) समूहको पार्टी बैठकमा दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्ने निर्णय गरेको छ।

आइतबारको बैठकको अध्यक्षता अध्यक्ष माधव नेपालले गरेका थिए। यसअगाडि पुस ७ र ९ गते स्थायी समिति बैठकको अध्यक्षता दाहालले गरेका थिए। संसद विघटनपछि आन्दोलनमा उत्रिएको यो समूहले प्रधानमन्त्री केपी ओली र सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन समेत घोषणा गरिसकेको छ। घोषित आन्दोलनका कार्यक्रम अन्तरगत सोमबारदेखि पालिकास्तरका वडारुमा पार्टी भेला तथा संर्घषसम्बन्धी प्रशिक्षण दिइनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.