मातृ तथा शिशु मृत्युदर घटाउन सरोकारवालाको जोड

मातृ तथा शिशु मृत्युदर घटाउन सरोकारवालाको जोड

बझाङ : बझाङ जिल्लामा गर्भवती तथा सुत्केरी र नवजात शिशुको मृत्युदरलाई घटाउन सरोकारवालाहरुले जोड दिएका छन्। सोमबार जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य कार्यक्रमको अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले मातृ तथा शिशु मृत्युदरलाई घटाउन सबै पक्षको योगदान हुनुपर्नेमा जोड दिए। 

बझाङ जिल्लामा यस अघि स्वास्थ्य कार्यलय अन्तरगत बाल तथा मातृ मृत्युदरलाई घटाउन विभिन्न सेवा सुविधा साथै जनचेतना कार्यक्रम गरिदै आएको भएपनि शिशु तथा आमाको मृत्युदर भै रहेकोले अब यो कार्यक्रम अन्तरगत के कारणले ? कसरी मृत्यु भयो ? भन्ने कुराको लेखाजोखा गरेर थप प्रतिकार्यत्मक कार्यक्रम गरिने भएको छ। 

हाल जिल्लामा सुत्केरी हुँदा गाह्रो भएका महिलाहरुलाई राष्ट्रपति महिला उथ्थान कार्यक्रम अन्तरगत सुत्केरी महिलाहरुको उद्धार भएर यस्ता महिलाहरुको मृत्यु शुन्यमा झरेको भएपनि नवजात शिशुको मृत्यु भने अझै रोकिएको छैन। अब एमपिडीएसआर. (मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य) कार्यक्रम जिल्लाका सबै स्वास्थ्य संस्था अन्तरगत समुदायमा लागु हुने भएपछि यस्तो खालको मृत्युदरलाई घटाउनका लागी स्वास्थ्य संघ संस्था बाट हुने प्राविधिक सेवा सुविधालाई बढाउनु पर्ने र मृत्युको कारण खोजी यस्तो समस्या समाधानका लागी सबै पक्षले सहयोग गर्ने देखिएको छ। 

यसअगाडि पनि स्वास्थ्य संघसंस्थामार्फत बाल तथा मातृ स्वास्थ्य कार्यक्रम परिवार नियोजन कार्यक्रम सुत्केरी प्रोत्साहन भत्ता खोप कार्यक्रम जस्ता बाल तथा मातृ मृत्युदर घटाउने कार्यक्रमहरु पनि सरकारी तथा गैर सरकारी संघ संस्थाहरुबाट संचालन भइरहेका छन्। 'बाल तथा मातृ मृत्युदर घटाउने खालका कार्यक्रमहरु यसअघि सीमित स्वास्थ्य संस्थामार्फत संचालनमा थियो', जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानुभत्त जोशीले भने, 'अब उक्त कार्यक्रम व्यापक रुपमा समुदायस्तरमा नै जाने भएकाले यस्तो खालको मृत्युदर घट्ने तथा शुन्यमा झार्ने अपेक्षा छ।'

यो कार्यक्रमबाट अब स्थानीय तह साथै जिल्ला तहमा पनि जनप्रतिनिधिसहितको समितिसमेत गठन गरिने भएको छ। कार्यक्रममा सहभागी सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले कतिपय परिवार समाजका कारणले पनी मातृ तथा शिशु मृत्यु हुने गरेकाले अब यस्तो खालको मृत्युलाई रोक्न घरपरिवार समाज तथा स्वास्थ्यकर्मीहरुले निगरानी बढाउनुपर्ने बताए। 
स्वास्थ्य कार्यालयका प्रमुख भानुभत्त जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्लाका १२ वटै तहका स्वास्थ्य शाखा प्रमुख, पालिकाका प्रमुखसहित क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रतिनिधिसहित सरोकारवालाहरुको सहभागीता थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.